• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

नेपाललाई चीनको सन्देशः 'रणनीतिक सहयोग अझ गहन बनाउछौं'

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि खछ्याङले नेपालको संविधान दिवसका अवसरमा सन्देश पठाउदै सहकार्य अझ मजबुत बनाउन चाहेका बताएका छन् । आईतबार राष्ट्रपति तथा प्रधानमन्त्रीले नेपालका समकक्षी विद्यादेवी भण्डारी र केपी ओलीलाई छुट्टाछुट्टै सन्देश पठाउदै चीन र नेपालबीचको मित्रता अझ सुदृढ र गहिरो देखिएको बताएका हुन् ।

चाईना रेडियो ईन्टरनेशनलको नेपाली सेवाले जनाएअनुसार सेप्टेम्बर २० तारिख नेपालका राष्ट्रपति विद्या देवी भण्डारीलाई बधाइ सन्देश पठाएर नेपालको राष्ट्रिय दिवसको राष्ट्रपति सीले शुभकामना व्यक्त गरेका हुन् । 

'सी चिनफिङले गत वर्ष आफू र राष्ट्रपति भण्डारीबीच आपसी भ्रमण गरेबाट दौत्य सम्बन्धलाई विकास तथा समृद्धि उन्मुख युगौँयुग मैत्रीपूर्ण रणनैतिक सहयोग साझेदारी सम्बन्धमा उकासिएको भन्दै यस वर्षयता दुई देशले मिलेर महामारीको विरूद्ध लडेबाट चीन र नेपालबीचको मित्रता अझ सुदृढ तथा गहिरो भएको देखिएको उल्लेख गर्नुभयो। चीन(नेपाल सम्बन्ध विकासमाथि आफूले उच्च ध्यान दिनुका साथै राष्ट्रपति भण्डारीसँग चीन(नेपाल सम्बन्ध र विभिन्न क्षेत्रका व्यवहारिक सहयोगलाई अरू विकास गरी दुई देश र दुई देशका जनतालाई अरू फाइदा पुर्याउने इच्छा लिएको पनि सीले बताउनुभयो,' सिआरआईले लेखेको छ । 

त्यस्तै प्रधानमन्त्री ली खछ्याङले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ सन्देश पठाएर नेपालको राष्ट्रिय दिवसको शुभकामना ज्ञापन गरेको सिआरआईले लेखेको छ।

'ली ख छ्याङले चीन र नेपाल परम्परागत मैत्रीपूर्ण छिमेकी हो भन्दै केही वर्षयता दुई पक्षले विभिन्न क्षेत्रका सहयोगलाई स्थिर रूपमा अघि सारेको व्यक्त गर्नुभयो। चीनले नेपालसँग मिलेर महामारीको विरूद्ध संघर्ष गर्नुका साथै विभिन्न क्षेत्रका सहयोगलाई बढाएर चीन र नेपालबीच विकास तथा समृद्धि उन्मुख युगौँयुग मैत्रीपूर्ण रणनीतिक सहयोगी साझेदारी सम्बन्धलाई अझ गहन पार्ने इच्छा लिएको लीले प्रकट गर्नुभयो,' सिआरआईले भनेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर