• २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024

भिडालकाे विदाइमा मेसीकाे भावुक सन्देश, भिडालले भने-धन्यवाद एलियन !

एजेन्सी । छोड्नै लागेर पनि क्लबले सहज वातावरण नबनाएपछि अड्कीएका बार्सिलोनाका सुपरस्टार लियोनल मेसीले अर्का मिल्ने साथी गुमाउने पक्का भएको छ । बार्सिलोनाको मैदान वा मैदान बाहिर मेसीका मिल्ने साथी मध्यका हुन् लुईस स्वारेज र अर्टुरो भिडाल ।

चिलियन भिडान सिरिए खेल्न इटालियन ईन्टर मिलान जाने पक्का भएको छ । मिलानले मिडफिल्डर भिडाललाई १ मिलियन युरोमा अनुबन्ध गर्न लागेको र उनि यसै साता मिलान पुग्ने घोषणा गरेको छ । 

बार्साका नयाँ प्रशिक्षक रोनाल्ड कोएम्यानले मिडाल, स्वारेज र युवा मिडफिल्डर रिकी पुज समेत आफ्नो नयाँ योजनामा नरहेको घोषणा गरिसकेका छन् । 

भिडालको विदाईमा कप्तान मेसीले इन्स्टाग्राममा सन्देश लेख्दै भावपूर्ण सन्देश पठाएका छन् ।

'आसमा भिडन्तका दौरान मात्र हाम्रो भेट भएको थियो र त्यस बखत पनि मलाई तिमी गज्जबको लागेको थियो । भाग्यबस पछि हाम्रो भेट भयो र मैले तिमीलाई अझ गज्जबको पाएं । गत २ वर्ष हामीले ड्रेसिगं रुम सेयर गर्यौं । तिमीले आफुलाई संझनायोग्य बनाएका छौं । हामी तिमीलाई सम्झिरहनेछौं । नयाँ क्लबमा तिमी सफल हुनेछौं भन्ने शुभकामनासहित फेरी भेट हुने अपेक्षा गरेको छु ।'

जवाफमा कमेन्ट लेख्दै भिडालले भने, 'धन्यवाद एलियन  ! इतिहासकै सर्वकालिन महान खेलाडीसँग मेल्न पाउनु मेरोलागि भाग्को कुरा हो । तिम्रो साथ र सहयोगका लागि धन्यवाद । पक्कै पनि हाम्रो भेट फेरी हुने नै छ ।'

सन् २०१८ यता संगै खेल्न पाएको संझना गर्दै स्वारेजले पनि इन्स्टाग्राम मार्फत भिडाललाई शुभकामना दिएका छन् ।

स्वारेजले भनेका छन्, 'तिमीलाई तिम्रो प्रतिस्पर्धी विपक्षी खेलाडीका रुपमा मैदानमा पाउदै कति कठिन हुन्थ्यो भन्ने मलाई थाहा । तर तिमीलाई साथीका रुपमा पाउदा तिमी कति महान खेलाडी रहेछौं भन्ने पनि थाहा भएको छ । स्टार खेलाडीसँग खेल्न पाउदा मैले खुसी महसुश गरेको छु । तिमीलाई भविष्यको शुभकामना छ ।'

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर