• बिहीबार ७-१३-२०७७/Thursday 10-29-2020/ 08:51 am

मालीमा सैनिक प्रमुख उपराष्ट्र हुने तयारीमा, विपक्षीको विरोध जारी

बामाको । अफ्रिकी मुलुक मालीका सेना प्रमुख कर्णेल आसिमी गोइटाले मुलुकमा गठन हुन संक्रमणकालीन सरकारमा उपराष्ट्रपति हुन आफू तयार रहेको बताएका छन् ।

तत्कालीन राष्ट्रपति विरुद्ध एक महिना पहिले सैनिक बलमा सत्ता विद्रोहको नेतृत्व गर्नु भएका कर्णेल गोइटाको घोषणासँगै मालीमा लोकतन्त्र पुनस्र्थापित हुने अपेक्षा गरिएको छ । 

तर गोइटाको उक्त घोषणालाई अन्तर्राष्ट्रिय समुदायले अस्वीकार गर्ने सम्भावना रहेको छ । गोइटाले पूर्व रक्षा मन्त्री एवं अवकाशप्राप्त जनरल बाह एन–डालाई राष्ट्रपतिका रुपमा प्रस्ताव गरिएको बताएका छन् । नयाँ सरकारको घोषणा यही सेप्टेम्बर २५ मा हुनेछ ।

दुबै नाम सेनाले बनाएको एक छनौट समितिले प्रस्ताव गरेको हो । यस समितिमा सेनाका अधिकारीहरु, केही राजनीतिक दलका नेताहरु, नागरिक तथा धार्मिक समूहका व्यक्तिहरु रहेका छन् ।

इकोवास नामको १५ सदस्यीय पश्चिम अफ्रिकी देशहरुको समूहले कुनै पनि प्रकारको संक्रमणकालीन सरकारको राष्ट्रपति र प्रधानमन्त्रीमा गैरसैनिक व्यक्तिको नेतृत्व हुनुपर्ने अडान राखेको छ । इकोवासले गोइटालाई उपराष्ट्रपतिका रुपमा स्वीकार गर्ने वा नगर्ने भन्ने बारेमा स्पष्ट भइसकेको छैन । 

इकोवास समूहका सदस्य राष्ट्रहरुले मालीसँगको अन्तर्राष्ट्रिय सीमा बन्द गरेका छन् भने वित्तीय सहायता पनि रोकेका छन् । सोमबारको घोषणापछि इकोवासको थप कदमका बारेमा स्पष्ट भएको छैन । 

मालीमा १८ महिनाभित्र नयाँ निर्वाचन गर्ने घोषणाप्रति इकोवासले केही लचकता देखाएको छ तर राष्ट्रपति र प्रधानमन्त्रीमा गैरसैनिक व्यक्ति भएको अवस्थामा मात्र माली विरुद्धका प्रतिबन्धहरु फुकुवा गरिने जनाएको छ । 

मालीका राजनीतिक दलहरुले अगस्टमा तत्कालीन राष्ट्रपति इब्राहिम बौबाकर केइटा विरुद्ध प्रदर्शनहरु गरेका थिए । तर पछिल्लो समयमा विपक्षी र सैनिक नेतृत्वबीचको मतान्तर अझ गहिरिएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अश्वेत व्यक्तिको मृत्युपछि प्रदर्शन चक्रेपछि अमेरिकाको फिलाडेलफियामा कर्फ्यू लागु

  • १३ कार्तिक, २०७७

एजेन्सी । प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको मृत्यु भएपछि लगातार प्रदर्शन तथा लुटपाट हुँदा अमेरिकाको फिलाडेलफियामा कर्फ्यू लागु भएको छ ।  २७

भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७३ लाख १४ हजार पुग्यो

  • १३ कार्तिक, २०७७

काठमाडौं । भारतमा हालसम्म ७३ लाख १४ हजार ९५१ जना संक्रमणमुक्त भएका छन्। छ लाख तीन हजार २५१ सक्रिय संक्रमित रहेका छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३३ हजार बढी

  • १३ कार्तिक, २०७७

काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक हजार ३९ जनाले ज्यान गुमाएका छन्। यो सहित अमेरिकामा दुई लाख ३३ हजार १२२ जनाको मृत्यु