• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

पाल्पा पहिरो अपडेटः एक महिलाको मृत्यु, ५ जना अझै बेपत्ता, उद्दारमा समस्या

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका वडा नं २ फोक्सिङकोटको सुरुङडाँडामा पहिरोले घर पुरिँदा एक जना महिलाको मृत्यु भएको छ भने सोही वडाको बेलौजाका दुई घर पुरिदा ५ जना बेपत्ता भएका छन । 
आज बिहान पहिरोले घर पुरिदा सुरुङडाँडाकी २७ वर्षीया मोतिसरा गाहाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनका श्रीमान वीरबहादुर गाहा भने भागेर ज्यान जोगाउन सफल भएका छन् । 

यस्तै अविरल वर्षासंगै खसेको पहिरोले दुई घर पुरिदा बेलौजाका एकै परिवारका ५ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । स्थानीय हुम बहादुर गाहा र मान बहादुर गाहाको घर पहिरोले पुरिदा हुम बहादुरको परिवारका ५ जना वेपत्ता भएका वडाध्यक्ष उमानसिंह सारुले बताए । 

मानबहादुर गाहाको परिवारका तीन जनाले भने भागेर ज्यान जोगाउन सफल भएको वडाध्क्ष सारुले बताए । पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएको हुँदा उद्दारमा समस्या भएको प्रहरीले जनाएको छ । उद्दारका लागि गएको शसस्त्र प्रहरी र नेपाली सेनाको टोली बिच बाटोमा पहिरो खसेपछि अझैसम्म पनि घटनास्थल पुग्न सकेको छैन
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर