• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

राष्ट्रसंघको महासभाः भेनेजुएलाका राष्ट्रपतिद्धारा अमेरिकी प्रतिबन्ध विरुद्ध प्रदर्शन गर्न आह्वान

एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो देशमाथि लगाएको अमेरिकी प्रतिबन्ध विरुद्ध प्रदर्शन गर्न आग्रह गरेका छन् । 

अमेरिकी प्रतिबन्धहरु विरुद्ध प्रदर्शन गर्नुपर्नेमा भेनेजुएलाका मित्र राष्ट्रहरु क्युवा, निकारागुवा र सिरियाले पनि जोड दिएका छन् । ‘सबै कथित प्रतिबन्धहरु, सबै एकतर्फी बलपूर्वक कारवाहीहरुलाई बन्द गर्न हामीले माग गर्नुपर्छ र यसले हाम्रा नागरिकहरुलाई आफ्नो अधिकार प्रयोग गर्ने अनुमति दिन्छ,’ मडुरोले राष्ट्रसंघ समक्ष भिडियो सम्मेलनमा भने । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई वर्षदेखि भेनेजुएलामाथि राष्ट्रपति मडुरोलाई शक्तिबाट हटाउने प्रयासमा विभिन्न प्रतिबन्धहरु लगाउँदै आएको छ । अमेरिकाले मडुरोमाथि सन् २०१८ को पुनःनिर्वाचनमा धांधली गरेर जित हासिल गरेको र मानव अधिकार उल्लंघन गरेको आरोप लगाउँदै आएको छ । 

मडुरोले ओपेक राष्ट्रमा ६ वर्षीय आर्थिक पतनलाई अवलोकन गरेका छन्, यसका लागि विपक्षी तथा केही अर्थशास्त्रीहरु भेनेजुएलाको हस्तक्षेपकारी आर्थिक नीतिहरु जिम्मेवार रहेको आरोप लगाउँछन् र भेनेजुएलाको सत्तारुढ समाजवादी पार्टीले भने देशको संकटका लागि अमेरिकी प्रतिबन्धहरु जिम्मेवार ठहराउने गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर