• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

 नेताहरु ! तिम्रो जिन्दगी 

नेताहरु हो !
खान नहुने  खायौ
उम्लियो, पोखियो
केही सोहोर्यौ
केही बिलायो
केही उठायौ।

नेताहरु हो!
आश्वासन  बाड्यौ
धेरै  पायौ, मात्तियौ
जादुगरको अति राम्रा  खेलाडी
नौ टंकी  खेल खेल्यौ
भ्रममा पार्यौ
लठ्ठायौ र झुक्यायौ।

नेताहरु हो!
भ्रष्टाचारमा चुर्लुम्म डुब्यौ
सात पुस्तालाई  कमायौ
कहाँ  के भएन,
घरबार, दरबार
नातागोता ,इष्टमित्र
मावली,ससुराली
सम्धी सबै ।

ए!नेताहरु हो
ए ! अन्धहरु हो
ए ! बहिराहरु हो
जनताले के पाए?
गरिबी,अशिक्षा
बेरोजगारी,अन्याय
अत्याचार ।

ए! नेताहरु हो
अब  त पाप धुरीबाट कुर्लेला
चिराचिरा भयौ
गुट र उपगुटमा सिमित  छौ
एक आपस  बोलचाल छैन
जनताको विश्वास  छैन
पर्ख, चुनाव आउँदै छ
एकादेशको कथा बन्न के बेर।

अन्तमा, भन त ए! नेताहरु हो,
तिमीहरूलाई कसले  गर्न  दिएन? जनताले
कसले रोक्यो? जनताले
कसले लडायो? जनताले
कसले फुटाल्यो? जनताले

उत्तर  दिन सक्दैनौ ?लाटाहरु हो,
कोट सुरवाल  धोती लगाएर के भो
नाङ्गो रुप देखायौ
लाज पचायौ
नकच्चराहरु हो
पापीहरु हो
भन्न मन लाग्छ, नेताहरु ! थुक्क तिम्रो  जिन्दगी ।।

             


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर