सार्वजनिक यातायात सञ्चालनमा आएपनि छोटो दुरीका यात्रुलाई सास्ती

पाल्पा ।  सरकारले असोज १ गतेदेखि सार्वजनिक सवारी सञ्चालनमा ल्याएपनि पाल्पामा छोटो दुरीको यात्रा गर्ने यात्रुले सवारी नपाउने समस्याले गर्दा गर्दा यात्रुले सास्ती खेप्दै आएका छन ।अहिले सरकारको स्वास्थ्य मापदण्ड अनुसार सवारी संचालन गर्दा जिल्लाबाट संचालन हुने लामो दुरीका सवारीले छोटो दुरीका यात्रु नबोक्दा समस्या उत्पन्न भएको हो । 

खासगरी अहिले संचालनमा आएका सवारीमा सिट क्षमताको आधा यात्रु बोकेर ५० प्रतिशत भाडा बृद्धि गर्न सरकारले यातायात व्यावसायीलाई निर्देशन दिएको छ । उसो त विगतदेखि नै लामो दुरीकै सवारीले छोटो दुरीका यात्रुलाई बोक्ने गरेका कारण नजिकको दुरीमा यात्रा गर्ने यात्रुहरुले सास्ती खेप्नु परेको गुनासो गरेका छन् ।

जिल्ला सदरमुकाम तानसेनदेखि बरतुङ्ग, प्रभास, बासँटारीका, भैरवस्थान, हार्डथोक लगाएतका स्थानमा यात्रा गर्ने यात्रुलाइ ठूला सवारीले नबोक्ने हुँदा यात्रामा समस्या यात्रु राम बहादुर दिशुवाले बताए । नजिकको दुरीमा संचालन हुने छुट्टै सवारी नहुदाँ समयमा गन्तव्यमा पुग्न नसकेको यात्रुको दुखेसो छ । विगतमा जस्तो टनाटन यात्रु बोकेर सवारी संचालन गर्न नपाएपछि छोटो दुरीका भन्दा लामो दुरीका यात्रु नै बोक्ने गरेको यतायात व्यासारी प्रकाश केसीले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर