तनहुँमा एक चितुवा मृतावस्थामा फेला
दमौली । तनहुँमा एक चितुवा मृतावस्थामा फेला परेको छ । एक वर्षको अवधिमा तनहुँका विभिन्न स्थानमा मृत अवस्थामा फेला पर्ने चितुवाको सङ्ख्या सात पुगेको छ ।
डिभिजन वन कार्यालयका अनुसार भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–९ बाइसजाँगर, भानु नगरपालिका–७ बगैचागाउँ, भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–७ वसन्तपुर र व्यास नगरपालिका–५ पतेनीमा चितुवा मृतावस्थामा फेला परेको थियो ।
प्रतिकृया दिनुहोस