• शुक्रबार ७-१४-२०७७/Friday 10-30-2020/ 11:13 pm

हैदराबादलाई हराउँदै आइपीएलमा चेन्नईको तेस्रो जित

एजेन्सी ।  सनराइजर्स हैदराबादलाई २० रनले हराउँदै साविक उपविजेता चेन्नई सुपर किङ्सले आईपीएल टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।

दुबईमा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबाद १४७ रनमा समेटियो । चेन्नईले दिएको १६८ रनको विजयी लक्ष्य  पच्छ्याएको हैदराबाद पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १४७ रनमा समेटिएसँगै चेन्नईले खेल २० रनले जितेको हो ।

हैदराबादका लागि केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।यस्तै जोनी बेयरस्टोले २३ रन जोड्दा प्रियम गार्गले १६ तथा विजय शंकरले १२ रन बनाए । राशिद खान १४ रनमा आउट भए ।चेन्नईका कर्न शर्मा र ड्रायन ब्राभोले २र२ विकेट लिए । यस्तै साम करन, सार्दुल ठाकुर र रबिन्द्र जडेजाले एकरएक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।चेन्नईका लागि शेन वाट्सनले सर्वाधिक ४२ रन बनाए । अम्बाती रायडुले ४१ रन जोड्दा साम करनले ३१ रन बनाए ।

कप्तान महेन्द्र सिंह धोनी २१ रनमा आउट हुँदा रबिन्द्र जडेजाले अविजित रहदै २५ रन बनाए ।हैदराबादका सन्दीप शर्मा, खलिल अहमेद र टि नटराजनले २र२ विकेट लिए ।

जितसँगै चेन्नईले हैदराबादविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदलासमेत लिएको छ ।हैदराबाद ८ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राष्ट्रिय फुटबल टोलीका चार जना खेलाडीमा कोरोना संक्रमण

  • १४ कार्तिक, २०७७

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बिहीबाररदेखि प्रशिक्षणमा

युरोपा लिगमा टोटनहमको हार

  • १४ कार्तिक, २०७७

एजेन्सी । जोसे मोरिन्होको टिम टोटनह्याम युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा पराजित भएको छ ।समूह चरणको पहिलो खेलमा विजयी भएको टोटनह्याम

मेसी र रोनाल्डो, को उत्कृष्ट ? चेल्सीका प्रशिक्षक लाम्पार्डले रोजे यी सुपरस्टार 

  • १३ कार्तिक, २०७७

एजेन्सी । लगभग पछिल्लो २ दशक विश्व फुटबलमा राज गरेका नामहरु हुन् अर्जेन्टाईन सुपरस्टार लियोनल मेसी र पोर्चुगिज सुपरस्टार क्रिष्टिायानो रोनाल्डो ।