• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मन्त्रिपरिषद् पुनर्गठन, विधिप्रति प्रचण्डको असहमति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद्को रिक्त स्थानमा एकलौटी मन्त्री नियुक्त गरेपछि अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधिप्रति असहमति जनाएका छन् । अध्यक्ष प्रचण्डले समग्रमा पुर्नगठन गर्नुपर्ने पटक–पटक प्रधानमन्त्री ओलीलाई सुझाउँदा समेत एकलौटी रिक्त स्थानमा नियुक्ति र जिम्मेवारी फाँडफाँड गरिएको हो ।

दैनिक भेटघाट भइरहे पनि प्रचण्डले सचिवालय, स्थायी कमिटीको मर्मअनुरुप जान प्रधानमन्त्री ओलीलाई सुझाएका थिए । कार्यकारी अध्यक्ष प्रचण्डको सुझावलाई मनन् नगरी प्रधानमन्त्री ओलीले आफ्ना गुटका तीन जनालाई मन्त्रिपरिषद्मा सामेल गरेका छन् । ‘क्षेत्राधिकार प्रधानमन्त्री कै हो । तर, पार्टी निर्णयलाई मानेर समग्रमा पुर्नगठन गरेर जान अध्यक्ष प्रचण्डले सुझाउनु भएको हो । प्रधानमन्त्री ओलीले एकलौटी रुपमा आफ्ना गुटका नेताहरुलाई मन्त्री बनाउनुभयाे । यो विधिमा अध्यक्ष प्रचण्ड सहमति हुनुहुन्न‘, प्रचण्ड निकट स्रोतले समाचार दैनिकसँग भन्यो ।

‘दिनदिनै भेटघाट छ उहाँ(ओली–प्रचण्ड)हरुको । सल्लाहमै भएको होला । फेरि यो रिक्त स्थानलाई व्यवस्थापन मात्रै गरिएको हो‘, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने– ‘यो पुर्नगठन नभएकाले खासै फरक पर्दैन ।‘ बुधबार जिम्मेवारी बाँडफाँड अनुसार अहिलेसम्म रक्षामन्त्री रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मा दिइएको छ । प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफैसँग राखेका छन् । 

उपप्रधानमन्त्री पोखरेलको कार्यशैलीप्रति यसअघि नेपाली सेनाले प्रधानमन्त्री समक्ष गुनासो पाेेखेकाे थियाे । कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लिलानाथ श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिएर महिला मन्त्रालयको नेतृत्व गरेका पार्वत गुरुङगलाई सञ्चार मन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर