• आइतबार ७-९-२०७७/Sunday 10-25-2020/ 05:19 am

तेक्वान्दोका विनोदले बनाए विश्व कीर्तिमान

सुदूरपश्चिम ।  कैलालीको टीकापुरका खेलाडी विनोद थापाले तेक्वान्दो खेलअन्तर्गत खेलिने ‘मोष्ट मार्सल राउण्ड हाउस किक इन वान आवर’ अर्थात् एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्ने विधामा विश्व रेकर्ड बनाउनुभएको छ । यो विधामा अहिलेसम्म कसैले पनि रेकर्ड नबनाएको बताइएको छ ।
 
थापाले सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घले बिहीबार धनगढीमा आयोजना गरेको कार्यक्रममा एक घण्टामा एक खुट्टाले दुई हजार ७५० पटक किक हानेर नयाँ रेकर्ड बनाउनु भएको हो । गिनिज बुक अफ ओल्ड रेकर्डले तोकेको समयअनुसार उहाँले एक घण्टामा सो रेकर्ड बनाउन सफल सफल भएका हुन् । 

अब उनले आगामी कात्तिक ४ गते ‘मोष्ट मार्सल आर्टस किक इन वान आवर युजिङ अल्टरनेटिभ लेग्स’ अर्थात् एक घण्टामा दुवै खुट्टाको प्रयोग गरेर सबैभन्दा बढी किक हान्ने विधाको रेकर्ड बनाउने तयारी गर्नुभएको छ । यो समय पनि गिनिज बुक अफ ओरल्ड रिकर्डले तोकेको मापदण्डअनुसार नै गरिने उल्लेख गरिएको छ ।

हाल यो रेकर्ड जापानका तेक्वान्दो खेलाडी मिजोकी कातोको नाममा रहेको छ । कातोको नाममा एक घण्टामा तीन हजार ६३२ पटक किक हानेर विश्व रेकर्ड कायम भएको खेलकुद पत्रकार सीताराम ओझाले बताए  । कार्यक्रममा धनगढी उप महानगरपालिकाका प्रमुख नृपबहादुर वड, सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष सुवाश शाही लगायतको उपस्थिती थियो ।


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आईपीएलमा मुम्बईले चेन्नईलाई दश १० विकेटले हरायो

  • ८ कार्तिक, २०७७

काठमाडौं । आइपीएलको १३ औं सिजनको ४१ औं खेलमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्सलाई दश विकेटले पराजित गरेको छ। शारजाहमा भएको खेलमा टस हारेर ब्याटिङ

यूरोपा लिगमा टोटनह्यामको शानदार जित

  • ७ कार्तिक, २०७७

एजेन्सी । टोटनह्यामले शानदार जितसहित युरोपा लिग फुटबलको यात्रा सुरु गरेको छ । टोटनह्यामका लागि १८ औँ मिनेटमा लुकास मौराले गोल गरे । २७ औँ मिनेटमा

रियल मड्रिड लिगको पहिलो खेलमै पराजित

  • ६ कार्तिक, २०७७

एजेन्सी । च्याम्पियन्स लिगको कीर्तिमानी विजेता रियल मड्रिडले यो सिजनको खेलको सुरुवातमै हार व्यहोरेको छ ।   समूह बी मा रहेको स्पेनिस क्लब रियल