• शुक्रबार ७-१४-२०७७/Friday 10-30-2020/ 11:20 pm

अमेरिकामा कोभिडका सङ्क्रमित ८० लाख पुग्यो 

न्युयोर्क ।  अमेरिकामा कोभिड १९ का सङ्क्रमितको संख्या ८० लाख पुगेको छ । समाचारमा जनाइएअनुसार अमेरिकामा कोभिड सङ्क्रमितको संख्या ८० लाख ८ हजार ४०२ पुगेको हो ।  जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार शुक्रबार यहाँका संक्रमितको संख्या ८० लाख नाघेको हो ।

अमेरिका विश्वमा नै कोभिडबाट संक्रमितहरु सबैभन्दा धेरै भएका देशमा पर्दछ । त्यसैगरी यस सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या पनि २ लाख १८ हजार ९७ जना रहेको छ ।

उक्त विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका सङ्क्रमितहरु थपिने गरेका छन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोना महामारीकाे दोस्रो लहरबीच लकडाउनबाट बच्न ईयूले नयाँ रणनीति अपनाउने

  • १४ कार्तिक, २०७७

ब्रसेल्स । कोभिड–१९ महामारीको दोस्रो लहरबीच पूर्ण बन्दाबन्दीबाट बच्न युरोपियन युनियन (ईयू) ले परीक्षण र खोजीका लागि नयाँ रणनीति अघि सार्ने ईयूले

भारतमा कोभिड–१९ संक्रमित ८० लाख ८८ हजार नाघे, १ लाख २१ हजार बढीको मृत्यु

  • १४ कार्तिक, २०७७

नयाँदिल्ली ।  भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या शुक्रबारसम्ममा ८० लाख ८८ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४

सेनेगलको समुद्री इलाकामा डुंगा पल्टिदा १४० व्यक्तिको मृत्यु

  • १४ कार्तिक, २०७७

डाकार । अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा गत सप्ताहान्तमा एउटा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा १४० जना आप्रवासीको मृत्यु भएको छ