पाल्पामा दशैँघरको पुजा औपचारिकतामा मात्र सिमित 

पाल्पा ।  नेपालीको महान् चार्ड बडादशैँ पहिलो दिन आज देशभरका शक्तिपिठ तथा दशैंघरमा दुर्गा पुजा गरी जमरा राखेर सुरुवात भएको छ । पाल्पाको एतिहासिक दशैं घरमा भने यस वर्ष नित्य पूजामात्र गरेर घटस्थापना अर्थात नवरात्रको पहिलो दिनको पुरजा गरिएको छ । २ सय वर्ष अघिदेखि नपाली सेनाले सलामी दिएर निकै ठूलो तामझामकासाथ घटस्थापनामा पुजा गर्ने प्रचलन यस वर्ष कोरोना संक्रमण जोखिमका कारण औपचारिकतामा मात्र सिमित गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । 

सरकारले देशभरका शक्तिपिठहरुमा नित्य पुजा र आरती मात्र गरेर दशैं मनाउन निर्देशन दिएसंगै पाल्पामा पनि २ सयवर्ष अघिदेखिको निरन्तर चलिआएको परम्परामा समान्य पुजा गरेर कुविन्डोकै बली दिएर मनाईएको प्रजिअ न्यौपानेले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर