• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड पुग्न लाग्यो 

काठमाडौं । विश्वमा कोराना संक्रमितको संख्या करिब ४ करोड पुग्न लागेको छ । वल्डोमितर्सको तथ्यांक अनुसार एकैदिन ३ लाख ७१ हजार २ सय ९१ जनामा संक्रमण देखिएसँगै विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ९९ लाख  ३७ हजार ७ सय ३६  पुगेको हो । 

 त्यस्तै विश्वमा एकैदिन ५ हजार ५ सय ५८ जना संक्रमितले कोरोनाको कारण ज्यान गुमाएका छन् । यसरी विश्वभर कोरोनाबाट ज्यन गुमाउनेको संख्या ११ लाख १४ हजार १ सय ८७ पुगेको छ । 

त्यस्तै विश्वभर  दुई करोड ९८ लाख ७९ हजार ९ सय २० जना संक्रमित उपचारपछि निको भएका छन्
 । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर