• बिहीबार ७-१३-२०७७/Thursday 10-29-2020/ 07:03 am

बुटवलमा ४९ वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु

बुटवल। रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका-८ का ४९ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमका अनुसार गत असोज २७ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि चार दिनसम्म होम आइसोलेसनमा बसेका उनी सास फेर्न समस्या भएपछि अस्पताल भर्ना भएका थिए। उनमा कुनै दीर्घ समस्या थिएन। 

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना सङक्रमितबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ। रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आजको मौसमः देशका अधिकांश भेगमा मौसम सफा रहने

  • १३ कार्तिक, २०७७

काठमाडौँ । देशका अधिकांश क्षेत्रको मौसम बिहीबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा आंशिक बदली भए पनि

कर्मचारीको रिपोर्ट नेगेटिभ आएसँगै  विद्युत् कार्यालयद्वारा सेवा पुनःसञ्चालन

  • १२ कार्तिक, २०७७

सिमकोट । जिल्ला सदरमुकाम सिमकोटस्थित नेपाल विद्युत् प्राधिकरण कार्यालय सिमकोटले झण्डै एक महिनापछि मिटर रिडिङ र बिलिङ सेवा शुरु गरेको छ ।

भैंसीले हानेर एक महिलाको मृत्यु

  • १२ कार्तिक, २०७७

देउखुरी ।  दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको आज मृत्यु भएको हो