बडादशैँ मनाउन कैदीबन्दीलाई खसी

कञ्चनपुर ।  कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीलाई बडादशँैं मनाउनका लागि खसी उपलव्ध गराइएको छ  । लालझाडी गाउँपालिकाले कैदीबन्दीलाई खसी उपलब्ध गराएको हो । कैदीबन्दीले दशैंँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँंगै फलफूल र चिउरा पनि उपलब्ध गराइएको छ । 

गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले सरकारले दिने सिदाले नपुग्ने भएकाले मीठोमसिनो खानका लागि तिनलाई खसी उपलब्ध गराइएको बताए  । यसैगरी नेपाली काँग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य दिवानसिंह विष्टले पनि कारागारमै पुगेर कैदीबन्दीलाई खसी प्रदान गतीन रेका छन् । सयभन्दा बढी कैदीबन्दी छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर