• सोमबार ८-१५-२०७७/Monday 11-30-2020/ 04:47 am

सरिफलाई पाकिस्तान फिर्ता गर्न बेलायती प्रधानमन्त्रीसँग वार्ता गरिने

इस्लामावाद ।  पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानको राजनीतिक दल पाकिस्तान मुस्लिम लिग– नवाजका नेता नवाज सरिफलाई स्वदेश फिर्ता गर्ने बारेमा बेलायतका प्रधानमन्त्रीसँग वार्ता गरिने बताएका छन् । 

उहाँले पाकिस्तानको एक सञ्चारमाध्यमलाई शुक्रबार दिनुभएको अन्तर्वार्ताका क्रममा सो कुरा बताएको हो । उनले सो अन्तर्वार्तामा भन्नुभएको छ– नवाजलाई स्वदेश फिर्ता गर्ने विषयमा पाकिस्तानका प्रधानमन्त्री वोरिस जोनसनसँग वार्ता पनि गर्न सकिन्छ, त्यसका लागि हामीले सोचिरहेका पनि छौँ । 

उहाँले तर नवाज सरिफलाई लन्डनबाट पाकिस्तान फिर्ता गर्ने काम भने निकै बिलम्ब हुनसक्ने बताएका थिए। त्यस अन्तर्वार्तामा उनले  भनेका छन् – हुनत यो प्रक्रिया लामो पनि हुनसक्छ, तर पनि आवश्यक प¥यो भने हामी वार्ता गर्नेछौँ र हामी बेलायतका सरकारी अधिकारीहरुसँग निरन्तर रुपमा सम्पर्कमा नै रहेका छौँ ।

पाकिस्तान सरकारले पाकिस्तानका नेता नवाज सरिफलाई पक्राउ गर्ने तयारी गरिरहेको बताएको थियो । तर नेता सरिफ भने हाल लन्डनमा बस्दै आएका छन् ।  हामीले आवश्यक परेमा उनलाई स्वदेश फर्काउने बारेमा आवश्यक मात्रामा वार्ता गर्ने छौँ, आवश्यक प¥यो भने म आफै नै पनि त्यहाँ गएर प्रधानमन्त्री जोनसनसँग वार्ता गर्न सक्छु । 

तर हालैमात्र बेलायतले भने पाकिस्तानको आन्तरिक राजनीतिमा आफू कुनै पनि प्रकारले संलग्न नहुने बताएको थियो । पाकिस्तानका अधिकारीहरुले यो प्रतिक्रिया दिएको केही दिनभित्र नै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भने आफूले बेलायत सरकारसँग वार्ता गर्ने धारणा सार्वजनिक गरेका हुन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अष्ट्रेलियामा गर्मी बढ्दै, सिड्नीमा शनिबार नोभेम्बर महिनामै सबैभन्दा बढी गर्मी

  • १४ मङ्सिर, २०७७

सिड्नी । अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा शनिबार नोभेम्बर महिना कै उच्च तापक्रम मापन गरिएको छ । सिड्नीमा अघिल्लो हप्ताको अन्त्यमा

बोको हरामद्वारा कम्तीमा ४३ जना किसानको हत्या

  • १४ मङ्सिर, २०७७

माइदुगुरी ।  नाइजेरियाको उत्तरपूर्वी माइदुगुरी शहरमा शनिबार विद्रोही समूह बोको हरामले आक्रमण गरी कम्तीमा ४३ जना किसानको हत्या गरेका छन् । धान

ट्रम्पको कानुनी चुनौती पेन्सिल्भेनिया अदालतद्वारा खारेज

  • १४ मङ्सिर, २०७७

वासिङ्टन । अमेरिकी राज्य पेन्सिल्भेनियाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट दायर निर्वाचनसँग सम्बन्धित निवेदन शनिबार खारेज