कर्णाली प्रदेश अस्पताल निर्देशक डा.खड्कालाई  कोरोना संक्रमण

सुर्खेत । कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्कालाई कोरोना संक्रमण  देखिएको छ ।लक्षण देखिएपछि शुक्रबार गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ ।

डा. खड्काले अहिले आफू होम आइसोलेसनमा बसिरहेको र श्रीमती डा. सन्जु खड्काका साथै छोरालाई पनि कोरोना देखिएको बताए । कोरोनाका लक्षणहरू देखिएकोले उपचार पनि गरिरहेको उनको भनाइ छ ।

“अहिले सम्म अबस्था सामन्य छ, डाक्टर खड्काले समचारदैनिक सँग भने, सामन्य रुघाखोकी बाहेक अहिलेसम्म कुनै जटिल खालको लक्षण देखिएको छैन,। 

हालसम्म कर्णाली प्रदेश अस्पतालमा कार्यरत १८ जना चिकित्सकमा कोरोना देखिएको छ । ती सबै निको भैसकेका छन् भने  । वरिष्ठ चिकित्सक डा. हरि सापकोटाको कोरोनाकै कारण मृत्य भएको थियो 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर