• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

ब्रुनेईका राजकुमार अजिमको असामयिक निधन

बन्दर सेरी बेगावान ।  ब्रुनईका राजकुमार हाजी अब्दुल अजिमको शनिबार असामयिक निधन भएको छ । उनी ३८ वर्षको थिए । 

सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मेका अजिम ब्रुनेईका सुल्तान हाजी ह हसनल बोल्किआका दोस्रो सुपुत्र छन् । 

सुल्तानको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनेईमा सात दिनसम्म आधा झण्डा झुकाइने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने बताइएको छ ।

शनिबार साँझसम्म राजकुमार अजिमको मृत्युको कारणबारे दरबारद्वारा कुनै सूचना सार्वजनिक भएको छैन । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर