• आइतबार ८-२१-२०७७/Sunday 12-06-2020/ 03:51 am

कोरोनाबाट पोखरामा थप चार जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट हालसम्म मुत्यु हुने ६३ जना पुगेका छन् । मृत्यु हुनेमा कास्कीका २१, नवलपुरका ११, तनहुँका १०, गोरखाका सात, स्याङ्जाका पाँच, लमजुङ र बागलुङका तीनतीन तथा म्याग्दीका दुई जना छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कोभिड–१९¬¬ बाट पोखरा महानगरपालिकामा एक महिलासहित  थप चार जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका –१ का ४२ वर्षीय कोरोना संक्रमित  पुरुषको शुक्रबार चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो । असोज ३० गते निमोनियाको पनि उपचारका लागि अस्पताल भर्ना भएका उनमा कात्तिक ३ गते कोरोना पुष्टि भएको थियो । 

त्यसै गरी पोखरा– २२ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बिहान ०९ः३० बजे गण्डकी मेडिकल कलेज पोखरामा  निधन भएको छ ।  कात्तिक  ६ गते कोरोनाको संक्रमण पुष्टि भएका कोभिड–१९ सहित निमोनियाको समस्या भएका उनलाई कात्तिक ७ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।  

पोखरा– ३१ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको पनि शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा  उपचारका क्रममा मृत्यु  भएको छ । कात्तिक ७ गते  कोरोना संक्रमण पुष्टि भई अस्पताल भर्ना भएका उनमा कोभिड–१९ सहित  निमोनिया, उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।

त्यस्तै पोखरा– १५ की ५२ वर्षीया कोरोना संक्रमित महिलाको शनिबार राति पोखरा  प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको छ । उनलाई शनिबार नै कोरोनाको संक्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

९ बर्षदेखि थला परेका राईको राज्यमन्त्री गजमेरद्धारा उद्धार

  • २० मङ्सिर, २०७७

विराटनगर  । भोजपुरको षडानन्द नगरपालिकाका ४ का ७० बर्षीय रामबहादुर राईको उद्धार गरिएको छ । विगत ९ बर्षदेखि बिरामी परेका उनको  प्रदेश १ सामाजिक विकास

सुर्खेत विमानस्थल विस्तारका लागि ३० बिघा जग्गा अधिग्रहण

  • २० मङ्सिर, २०७७

कर्णाली  । सुर्खेत विमानस्थल विस्तारका लागि सरकारले जग्गा अधिग्रहण गर्न अनुमति दिएसँगै पूर्वतयारी थालिएको छ । विमानस्थल विस्तारमा जग्गा

प्रदेश १ मा १६८ डिस्चार्ज, ९२ संक्रमित थपिए

  • २० मङ्सिर, २०७७

झापा । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १६८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १६३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३ र विराट मेडिकल