पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २५३ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २५३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी पूर्वमा ९९ जना,स्याङजामा १ जना, बाग्लुङमा १७ जना, कास्कीमा १०१ जना, तनहुँमा २६ जना, लम्जुङमा ५ जना र गोरखामा ४ जनामा संक्रमण देखिएको हो।

यससँगै प्रदेशमा संक्रमण पुष्टि हुनेहरुको संख्या ६ हजार ७१२ पुगेको छ। यी मध्ये २ हजार ६३० जना सक्रिय संक्रमित रहेका छन्।

प्रदेशमा पछिल्लो २४ घण्टामा ५ जनाको संक्रमणका कारण मृत्यु भएको छ। जससँगै कूल मृतकको संख्या ६८ पुगेको छ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर