• २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024

कोरोना महामारीबीच बिहारमा पहिलो चरणको मतदान सुरु

पटना ।  कोरोना महामारीबीच भारतको बिहारमा विधानसभा निर्वाचन सुरु भएको छ। पहिलो चरणमा १६ जिल्लाका ७१ विधानसभा क्षेत्रमा कडा सुरक्षाका बीच बुधबार बिहान ७ बजे मतदान सुरु भएको हो। मुख्य निर्वाचन अधिकारी सञ्जयकुमार सिंहले ७१ विधानसभा क्षेत्रमा बिहान ७ बजेदेखि कडा सुरक्षा व्यवस्था र कोरोना भाइरस जोखिमको निर्देशन पालना गर्दै मतदान भइरहेको छ । 

आज दुई करोड १४ लाख ८४ हजार ८७८ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।निष्पक्ष एवम् शान्तिपूर्ण मतदानका लागि सबै निर्वाचन केन्द्रमा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ।

दोस्रो चरणको मतदान नोभेम्बर ३ मा र तेस्रो चरणको निर्वाचन नोभेम्बर ७ मा हुने कार्यक्रम छ। मत परिणाम नोभेम्बर १० मा सार्वजनिक गरिनेछ।बिहारमा नीतीशकुमार लगातार चौथो पटक मुख्यमन्त्री बन्नका लागि चुनावी मैदानमा छन्। 

सबैभन्दा बढी ४२ सिटमा राजद, ४१ सिटमा लोजपा र ४० सिटमा रालोसपा चुनावी मैदानमा  छन्। भाजपा २० स्थानमा र उसको सहयोगी दल ३५ सिटमा चुनाव लडेको छ। यस्तै कांग्रेसले २२ सिटमा उम्मेदवारी दिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर