• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

च्याम्पियन्स लिगको सिजनमा चेल्सीको पहिलो जित

एजेन्सी । चेल्सीले च्याम्पियन्स लिगको यो सिजनमा पहिलो जित दर्ता गरेको छ । समूह चरणको पहिलो खेलमा बराबरीमा रोकिएको चेल्सी बुधबार राति भएको खेलमा एफके क्रास्नोडरलाई ४-० ले पराजित गर्न सफल भएको हो ।

अवे मैदानमा भएको खेलमा पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप तीन गोल गरेको हो ।

चेल्सीका लागि ३७ औँ मिनेटमा कालम हड्सन ओडोइले गोल गरी सुरुवाति अग्रता दिलाए । ७६ औँ मिनेटमा पाएको पेनाल्टीमा टिमो वेर्नरले गोल गरे ।

७९ औँ मिनेटमा हकिम जियचले चेल्सीबाट आफ्नो पहिलो गोल गरे । ९० औँ मिनेटमा क्रिष्टियन पुलिसिकले गोल गरेपछि चेल्सी ४-० ले विजयी भयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर