• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७३ लाख १४ हजार पुग्यो

काठमाडौं । भारतमा हालसम्म ७३ लाख १४ हजार ९५१ जना संक्रमणमुक्त भएका छन्। छ लाख तीन हजार २५१ सक्रिय संक्रमित रहेका छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्। 

पछिल्लो २४ घण्टामा भारतमा थप ४९ हजार ९१२ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ कोभिड-१९ का कारण ५०९ जनाको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ८० लाख ३८ हजार ७६५ पुगेको छ। तीमध्ये हालसम्म एक लाख २० हजार ५६३ जनाले ज्यान गुमाएका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर