• २०८१ बैशाख २७ बिहीबार
  • Thursday, 9 May, 2024

सामुदायिक वनभित्र मृत हात्ती फेला

प्रतिकात्मक तस्विर

झापा । उत्तरी झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ स्थित पाँचपोखरी सामुदायिक वनमा एउटा मृत हात्ती फेला परेको छ । स्थानीयवासीले शुक्रबार अपराह्न मरेको हात्ती देखेर जिल्ला वन कार्यालयमा खबर गरेका थिए । 

मृत हात्ती गाड्नका लागि पशु चिकित्सकसहितको टोली घटनास्थलमा पठाइएको वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो । गत असोज २२ गते सोही जंगल क्षेत्रमा  आँखा फुटेको सोही हात्तीलाई पशु चिकित्सकको टोलीले बेहोश बनाएर उपचार गरेको थियो ।

स्थानीयवासीले तीखो भाला रोपेर शरीरका विभिन्न अंगमा गहिरो चोट पु¥याएको उक्त हात्ती बचाउन त्यसबेला चितवनबाट पशु चिकित्सक टोली झापा आएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर