• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

न्यायाधिश र कर्मचारीलाई कोरोना लागेपछि पाकिस्तानका ११ अदालतमा शिलवन्दी

इस्लामावाद । न्यायाधिश तथा कर्मचारीहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि पाकिस्तानका ११ अदालतमा शिलबन्दी गरिएको छ ।

पाकिस्तानको दैनिक विवरण सार्वजनिक गर्दै आएका इस्लामावाद बार एसोसिएसनका सचिव नबिल तिहिर मिर्जाले शुक्रबार यो कुराको पुष्टि गरेका हुन् ।

देशभर रहेका ७० अदालतहरु मध्ये ११ अदालतमा कुनै पनि काम कारबाही नहुनेगरी बन्द गरिएको उनले जानकारी दिए । ती अदालतहरु जिल्ला तथा शुरु तहका अदालतहरु पनि रहेका छन् ।

बन्द गरिएका ११ अदालतका १२ जना न्यायाधिश र कर्मचारीहरुमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको उनले बताए ।

बारका सचिव मिर्जाले सङ्क्रमित भएकाहरुको उपचार भइरहेको पनि सञ्चार माध्यमहरुलाई जानकारी दिए ।  पाकिस्तानमा शुक्रबारसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितहरुको संख्या तीन लाख ३२ हजार १८६ रहेको छ । 

त्यसैगरी कोरोनाका कारण पाकिस्तानमा शुक्रबारसम्ममा छ हजार ७९५ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । एएनआई

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर