• सोमबार ८-१५-२०७७/Monday 11-30-2020/ 04:47 am

कोरोना संक्रमणको मात्रा हेरेर कदम चालिरहेका छौं : मन्त्री घिमिरे

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमणको अवस्था अनुसार प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । कोरोना संक्रमणको मात्रा हेरेर प्रदेश सरकारले स्टेप चालिरहेको उनले बताए । 

विराटनगरमा निजी क्षेत्रको सक्रियतामा प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको साँझेदारीमा कोशी कोभिड अस्पताल परिसरमा निर्माण भईरहेको आईसोलेसन केन्द्रको अनुगमन गर्दै मन्त्री घिमिरेले भने, ‘नेपालमा कोरोना संक्रमण देखापरे लगत्तै कोभिड अस्पताल निर्माण शुरु गरियो ।’ 

संक्रमित बढेसँगै कोभिड अस्पतालको क्षमता विकास र प्रदेशका विभिन्न स्थानमा आईसोलेसन केन्द्रहरु थप गर्दै लगिएको मन्त्री घिमिरेले बताए । निजी क्षेत्रसँगको साँझेदारीमा अक्सिजन सहितको १ सय वेड बाहेक प्रदेश सरकारले कोभिड अस्पताल परिसरमै रहेको भवनमा विशिष्टिकृत सेवा सहितको थप १ सय वेड निर्माणको काम भईरहेको जानकारी दिए । 

संघीय सरकार, प्रदेश सरकार र विराटनगर महानगरपालिकाको सहयोगमा विशिष्टिकृत सेवा सहितको १ सय वेड तयार गरिने उनले बताए । मन्त्री घिमिरे भने,‘ निर्माण कार्य धमाधम भईरहेकाले चाँडै सञ्चालन गरिने छ ।’ विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले निजी क्षेत्रबाट काम शुरु गर्दा छिटो हुने बताए । 

अक्सिजन सहितको वेड तत्काल आवस्यक भएकाले सरकारी प्रकृयामा ढिलो हुने भएकाले भएकाले निजी क्षेत्रसँगको साँझेदारीमा काम शुरु गरिएको उनले बताए । उनले महानगर क्षेत्रमा संक्रमण बढ्दै गएकाले स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरे । 

नागरिक केयर सेन्टरका संयोजक उद्योगी पवन सारडाले तिहार अगावै अक्सिजन सहितको वेड सञ्चालनका लागि काम भईरहेको बताए । सरकारले थप वेडको आवस्यकता महसुस गरेको खण्डमा त्यसका लागि नागरिक केयर सेन्टर तयार रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेशलाई अपाङ्गमैत्री बनाइन्छ : मुख्यमन्त्री राई

  • १४ मङ्सिर, २०७७

मोरङ ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई अपाङ्गमैत्री बनाइने बताउनुभएको छ । बाल अपाङ्ग टेवा सङ्घ काठमाडाँैद्वारा आज यहाँ आयोजित

विश्व पावर लिफ्टिङमा सहभागी हुन लागेकी कार्कीको विदाई

  • १४ मङ्सिर, २०७७

सुर्खेत । भारतमा सञ्चालन हुन लागेको विश्व पावर लिफ्टिङ प्रतियोगितामा सहभागी जनाउन लागेकी सुर्खेतकी चेली श्रुति कार्कीलाई विदाई गरिएको छ

प्रदेश राजधानी जोड्ने ‘खलंगा–बालुवासंग्रही’ सडकको कालोपत्रे हुँदै

  • १४ मङ्सिर, २०७७

सुर्खेत । सल्यानलाई प्रदेश राजधानी सुर्खेत जोड्ने खलंगा–कुपिण्डेताल–बालुवासंग्रही सडकको स्तरोन्नति सहित कालोपत्रे गर्न शुरु भएको छ । ट्रयाक