• आइतबार ८-२१-२०७७/Sunday 12-06-2020/ 03:46 am

बङ्गलादेशमा चार लाख सात हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित, पाँच हजार ९२३ को मृत्यु

ढाका । बङ्गलादेशमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या चार लाख सात हजार ६८४ पुगेको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले शनिबार जानकारी गराएको छ ।

विगत २४ घण्टामा बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमित हुनेको थप सङ्ख्या एक हजार ३२० रहेको र १८ जनाको मृत्यु भएको जनाइएको छ ।

सरकारी तथ्याङ्क अनुसार बङ्लादेशमा पछिल्लो २४ घण्टामा कूल ११ हजार ५३२ कोभिड–१९ को नमूना परीक्षण भएको छ । यहाँ अहिलेसम्म कोभिड–१९ सङ्क्रमण भई निको भएका विरामीको सङ्ख्या तीन लाख २४ हजार १४५ पुगेको छ । शनिबार कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ४४२ रहेको महानिर्देशनालयले जनाएको छ । 

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये मृत्युदर १.४५ प्रतिशत रहेको छ भन् ७९.५१ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

बङ्गलादेशमा जुलाई २ मा सबैभन्दा बढी चार हजार १९ व्यक्ति सङ्क्रमित भएका थिए भने सबैभन्दा बढी मृत्यु जुलाई ३० मा ६४ जनाको भएको थियो ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पूर्वराष्ट्रपति ओबामा र बास्केटबल सुपरस्टार जोर्डनको बास्केटबल गन्जी ऐतिहासिक मूल्यमा बिक्री

  • २० मङ्सिर, २०७७

एजेन्सी । अमेरिकाको लस एञ्जल्समा शुक्रबार चलेको एक लिलामीमा दुई वटा बास्केटबल गन्जीहरु सर्वाधिक महंगो मूल्यमा बिक्री भएका छन्, जसमा अमेरिकी

भारत किसान आन्दोलन : प्रधानमन्त्रीसँग वार्ताअघि भारत बन्दको घोषणा

  • २० मङ्सिर, २०७७

एजेन्सी । भारतमा किसान आन्दोलन चर्किदै गएको छ । भारतको केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा देशभरका किसानले आन्दोलन चर्काउँदै लगेका हुन्

चीनले चन्द्रमामा फहरायो आफ्नो राष्ट्रिय झण्डा

  • २० मङ्सिर, २०७७

एजेन्सी । चीनले चन्द्रमामा आफ्नो झण्डा गाडेको छ । चीन चन्द्रमामा आफ्नो झण्डा फहराउने दोस्रो देश बनेको छ । यसअघि अमेरिकाले ५० वर्ष भन्दा पहिले