• २०८२ असार १६ सोमबार
  • Monday, 30 June, 2025

पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सांसद सूर्यबहादुर के।सी।को निधनप्रति पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने निर्णय गरेको छ ।

मंगलबार पार्टी कार्यालयमा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सांसद केसीको निधनप्रति कात्तिक १८, १९ र २० गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको पार्टी सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले कात्तिक १९ गते केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।


नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सभापति श्री शेरबहादुर देउवाको अध्यक्षतामा आज २०७७ कात्र्तिक १८ गते पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्यो । बैठकद्वारा केन्द्रीय आमन्त्रित सदस्य एवं प्रतिनिधि सभाका माननीय सदस्य श्री सूर्यबहादुर के।सी।को निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित
शोक प्रस्ताव र निर्णयहरू

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका आमन्त्रित सदस्य, प्रतिनिधि सभाका माननीय सदस्य एवं प्रतिष्ठित उद्योगपति श्री सूर्यबहादुर के।सी।को कात्र्तिक १७ गते राति १० बजे पोखरा महानगरपालिका वडा नं। ७ मुस्ताङचोक स्थित आफ्नै निवासमा निधन भयो । स्वर्गीय के।सी।ले नेपालको उद्योग वाणिज्य तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु भएको थियो ।

पिता कीर्तिबहादुर के।सी। र माता पदमकुमारी के।सी। को ज्येष्ठ सुपुत्रको रुपमा वि।सं। २०१४ जेठ १० गते जन्मनु भएका स्वर्गीय के।सी। २०७४ को निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत पार्टीका तर्फबाट प्रनिनिधि सभा सदस्य हुनु भएको थियो ।
उहाँको निधनप्रति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, उहाँको आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।
स्वर्गीय के।सी।प्रति सम्मान प्रकट गर्दै शोक कार्यक्रम देहाय बमोजिम निर्धारण गरिएको छ—
९१० २०७७ कात्र्तिक १८, १९ र २० गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने ।
९२० कात्र्तिक १९ गते बुधबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने ।
९३० स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने ।

९बैठकमा स्वर्गीय के।सी। प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नका लागि १ मिनेट मौन धारण गरिएको थियो ।०

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर