आशौच के हो र किन बार्ने ?

आशौच हुनु भनेको अशुद्ध वा अपवित्र हुनु हो । हिन्दू धर्मशास्त्र अनुसार जन्मदा वा मर्दा दाजुभाइ र नजिकको नातेदारलाई निश्चित अबधिसम्म लाग्ने अशुध्दि हो। यसलाई जुठो वा सूतक पनि भनिन्छ ।अहिलेको आधुनिक युगमा आशौचको परिपालना गर्न नखोजिए पनि यसको वैज्ञानिक अर्थ छ। कतिपय समाजमा चलेका हिन्दु सस्कार प्रचलन लोप भएका छन् ।अहिले विश्वमा भएको महामारीको बेला हाम्रो हिन्दु सस्कार कति महत्त्वपूर्ण रहेछ भन्ने कुरा प्रमाणित नै भयो।आज पश्चिमी देशमा नमस्कार चलेको छ।शक्तिशाली रास्ट्र अमेरिकामा कोरोनाबाट जोगिन हिन्दु धर्मअनुसार रास्ट्रपति निवासमा शान्ति पाठ गरियो।स्वयंपाक्के हुनु,, जनै लगाउनु ,हातमा डोरो बाध्नु, तुलसी मठ बनाउनु आदि जस्ता कार्यहरु वास्तवमा विज्ञानसम्मत कुरा हुन् ।
आज कोरोनाको महामारीले गर्दा नेपाल लगायत विश्व वास्तवमा आशौच मै छ।यस महामारीमा हामीले आशौचमा बसी रोगसँग लड्नु परेको छ ।आज विज्ञानको जतिसुकै विकास भएपनि रोगसँग लड्न परमेस्वरसँग प्राथना गरी बस्नु परेको छ।हिन्दु सस्कारलाई ढोगी प्रवृतिले होइन वैज्ञानिक तरिकाले मान्नुपर्ने देखिन्छ ।सस्कार, चालचलन र धर्म भनेका समाजका चिनारी हुन् ।आफ्नो अस्तित्व पनि त्यसैमा रहेको हुन्छ ।यस्तो विश्व नै आशौच भएको बेला ताजा खानेकुरा , शाकाहारी भोजन, सरसफाइ र व्यायामका विधिहरु पालन गर्नुपर्छ ।हिन्दू धर्मदर्शनमा थुप्रै विधिहरु को वर्णन गरिएको छ।यहाँ मैले हिन्दु धर्मशास्त्रमा आशौच बारेमा भनिएको कुरालाई चर्चा गर्ने जमर्को गर्दैछु ।
आशौच वा अशुद्ध पनि धेरै प्रकारबाट हुन्छन् भनी बताइको पाइन्छ।छोटा र लामा गरी समय अशुद्ध, घर अशुद्ध,मानिस अशुद्ध हुने कुरा उल्लेख पाइन्छ।यस्ता आशौचमा ग्रहणको आशौच,विभिन्न समयमा ग्रहहरुको संयोगबाट हुने आशौच र मलमासले पनि समय अशुद्ध गराउँछ।जन्म आशौच र मृत्यु आशौचले मानिसहरू नै अशुद्ध र स्पर्शास्पर्श नै बन्देज हुन्छन् ।ग्रहणका आशौचले निश्चित घण्टा मिनेट तोकेर समय अशुद्ध गराएको देखिन्छ । ग्रहहरूको संयोगमा बृहस्पति र शुक्रास्तलाई विशेष ध्यान दिएको छ । यसमा ज्योतिषशास्त्रअनुसार निश्चित समय तोकेर माङ्गलिक कार्यसमेत गर्न निषेध गरिएको देखिन्छ।दुवै ग्रह अस्त र उदयको समयमा पूर्व पश्चात गरेर ३।३ दिन माङ्गलिक कार्य गर्न वर्जित देखिन्छ र भनिएको पनि छः ।
शुक्रो गुरुःप्राक्च पराक्च बालोे विन्ध्येदशावन्तिषु सप्तरात्रम् ।
वङ्गेषु हूणेषु च षट्च पञ्च शेषेचदेशे त्रिदिनं वदन्ति ।।इतिगार्ग्य।।
शास्त्रमा मानिसमात्र होइन पशुहरू पनि आशौची हुन्छन् भनिएको छ ।लैनी गाई,भैसीहरू पनि १० रात्रिसम्म आशौच रहने हुनाले अघिका ऋषि मुनिहरूले दुध खानु हुन्थेन भनिएको छ।२०रात नकटी गाईका दुधको पञ्चामृत भगवानमा चढाईन्नथ्यो ।अहिले केही ठाउँमा दुध धार दिन २० रात काट्नु पर्छ । गुल्मी जिल्ला मदाने गाऊँपालिका पुर्काेट वार्डमा स्थित पन्थी वंशका पूर्वजबाट प्रारम्भ गरिएको भनिएको कङ्केद्यौरालीमा दुध धार दिन २० रात्रि काटेका लैनी गाईको दुध नै चाहिन्छ।यो परम्परा चल्दै् आएको छ ।कसैको घरमा पशुको मृत्यु भयो भने त्यस पशुुको सतगत नगर्दासम्म त्यस घरमा आशौच रहन्छ भनेर धार्मिक ग्रन्थले बताएका छन् ।अतः पशुहरूको पनि जन्माशौच र मृत्यु आशौच मानिसहरूले बार्नुपर्ने देखिन्छ।घरपालुवा जनावर गाई, गोरु, घोडा मर्दा पनि चलन अनुसार बार्ने परम्परा छ ।
ग्रहण आशौच
सूर्य ग्रहणमा चार प्रहर र चन्द्र ग्रहणमा तीन प्रहर भोजन निषेध गरिएको छ ।यो अहिलेको आधुनिक विज्ञान सम्मत छ। हिन्दु धर्मशास्त्र अनुसार ग्रहणको समयमा गर्न नहुने कर्महरू निम्न छन :
सूर्यग्रहे तु नास्नीयात्पूर्वं यामचतुष्टयम् ।
चन्द्रग्रहे तु यामास्त्रीन्बालवृद्धातुरैर्विना ।।
अहोरात्रं न भोक्तव्यं चन्द्रसूर्य ग्रहोयदा ।
मुक्तिं दृष्ट्वा तु भोक्तव्यं स्नानं कृत्वा तत परम्।।
सन्ध्याकाले यदाराहुर्ग्रसते शशिभास्करौ ।
तदहे नैव भुञ्जीत रात्रावपि कदाचन ।।
निद्रायां जायते रोगो मूत्रे दारिद्य्र माप्नुयात्।
पुरीषे कृमियोनिः स्यान्मैथुने ग्राम सूकरः ।।
अभ्यञ्जने भवेत् कुष्ठीभोजनेस्यादधोगतिः ।
बञ्चने च भवेत्सर्पाे वधे च नरकं व्रजेत् ।।
त्यस्तै वृहस्पति र शुक्रास्तमा
वापी कूप तडाग यज्ञ भवनं क्षौरं प्रतिष्ठा व्रतम्
विद्यामन्दिर कर्णवेधन महादानं गुरोसेवनम् ।
तीर्थयात्रा,विवाह,काम्य,हवनं मन्त्रोपदेशंशुभमदूरेणैव जिजीविषु।परिहरेदस्तेगुरौभार्गवे ।।
बाले वा यदि वा वृद्धे शुक्रे वास्तंगते गुरौ।
मलमासइवैतानि वर्जयेद्देव दर्शनम्।
गुर्वादित्ये गुरौ सिंहे नष्टे शुक्रे मलिम्लुचे।
गृहकर्म व्रतं यात्रां मनसा४पि नचिन्तयेत् ।
यी कर्महरू मलमासमा पनि गर्न हुदैन।तर मलमासमा पुरुषोत्तम महात्म्यश्रवण गर्नको लागि यज्ञ गर्न मिल्छ ।
यस्ता ग्रहणको आशौचमा सफा खाने, शाकाहारी भोजन खान्रे,सरसफाइलाई महत्त्व दिने, तनाव नलिने,उपासना गर्ने,भगवानको स्तुति गर्ने जस्ता कार्य गर्दा उत्तम हुन ।
यसै प्रकारले जन्माशौच र मृताशाौचका पनि विधानहरू छन्।जन्माशौच भन्नाले शिशु जन्मेपछि लाग्ने आशौच र मृताशौच मानिसको मृत्यु पछि लाग्नेआशौच मानिन्छ।जन्माशौचमा शिशुजन्मदा आमालाई दुःख र आमाले नै बढि आशौच बार्नुपर्छ । यस आशौचमा दशरात्रिसम्म आमालाई स्पर्शदोष र सपिण्डी दाजुभाईहरूलाई सूतक लागेर दैनिकी देवपूजा समेत रोकिन्छ । एघारौं दिनलाई आधार मानेर निश्चित समयसम्म आमा नै माङ्गलिक कार्यमा समावेश हुन नपाउने जन्माशौच निर्णयमा छ।
सम्पूर्ण गर्भावस्थादेखि शिशु जन्माएर बालक अवस्थासम्मका यातना सहेर सन्तानको स्याहार सुसार आमाले गर्नु पर्ने र आशौचको भारपनि आमाले नै बढि व्यहोर्नपर्ने धार्मिक ग्रन्थमा उल्लेख पाइन्छ ।
मृताशौचमा छोरा बुहारी आदि सम्पूर्ण बन्धु बान्धवले तोकिएको समयसम्म मृताशौच बार्नुपर्ने र छोराहरूले पिण्डद्वारा प्रेतात्मालाई मुक्त गराउनु पर्ने हुनाले सपिण्डी नगर्दासम्म वा १२दिनसम्म अस्पृश्य नै रहनु पर्ने देखिन्छ । दुईवटा आशौचमध्ये जन्माशौचमा शिशुजन्माउने आमा अशुद्ध र १० रातसम्म घरपनि अशुद्धहुने देखिन्छ।मृताशौचमा छोरा बुहारी लाई बढी भार र बन्धु बान्धवका घर र मृतकको घरसमेत नियमत अशुद्ध रहने देखिन्छ।अशुद्ध घरलाई बन्धु बान्धवका घरबाहेक मृतकको घर शुद्ध गराउन सपिण्डी गरेपछि मात्र अग्नि स्थापना विधिले अग्नि उठाई पवित्र गराउनु पर्ने र अनुपनीत शिशु,बालक,कुमार सम्पूर्णको मृत्युमा पनि घर पवित्र गराउनु नै पर्दछ भनेर धार्मिक ग्रन्थले बताएका छन् ।
मानिसका निमित्त धार्मिक ग्रन्थहरूले निर्देशन गरेअनुसार जन्माशौच र मृताशौचको विषयमा गृहस्थाश्रममा रहदा अति आवश्यक पर्ने निर्णय क्रमशःप्रस्तुत गरिने छ।सामाजिक चालचलन अनुसार जन्माशौचलाई सूतक र मृताशौचलाई जूठो भन्ने चलन पनि पाईन्छ ।यस लेखमा क्रमशः जन्माशौच भागमा प्रारम्भकालदेखि १५र १६ वर्षसम्म पनि अनुपनीत हुँदा बीचमा आईपर्ने सम्पूर्ण बिधिहरु वा निर्णयहरू समेटिने छन् भने मृताशौच भागमा उपनीत पुरुष र विवाहित स्त्रीहरूको मृत्युमा छोरा, बुहारी,छोरी,र सपिण्डी दाजुभाइ ,नाताहरू समेतले आशौच बार्ने विधि छोटो रुपमाआउने छ ।
प्रतिकृया दिनुहोस