चितवनमा तरकारी संकलन केन्द्र बन्दै

चितवन । चितवनको  इच्छाकामना गाउँपालिकाले तरकारी सङ्कलन केन्द्र निर्माण गरेको छ । किसानले उत्पादन गरेको फलफूल तथा तरकारीजन्य वस्तुको सहज सङ्कलन र बिक्रीका लागि सङ्कलन केन्द्र निर्माण गरिएको  हो । 
  
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले रु ७८ लाखको लगानीमा तरकारी सङ्कलन केन्द्र निर्माण गरिएको बताए । किसानहरुलाई उचित मूल्य दिलाउने र भिडभाड कम हुने गरी व्यवस्थापन गर्न लागिएको उनको भनाइ छ । किसानहरुबाटै समिति निर्माण गरी केन्द्र सञ्चालन गरिने उनले बताए । तरकारी सङ्कलन केन्द्र नहुँदा तरकारी उत्पादनमा सङ्लग्न किसानले सास्ती खेप्दै आएका थिए । संकलन केन्द्र स्थापनासँगै तरकारी बजारमा पुर्याएर बिक्री गर्न सहज हुने किसानहरु बताउँछन् । 

 गाउँपालिकाले पनि तरकारी तथा फलफूल खेतीका लागि  विशेष जोड दिएको अध्यक्ष गुरुङले बताए । उनले  बाँझो जमिन  प्रयोगमा ल्याउन प्रोत्सहान गर्दै एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानका कायक्र्रम ल्याइएको जानकारी दिए । 

सबै वडामा जैविक विषादीमुक्त तरकारी उत्पादनमा जोड दिइएको उनको भनाइ थियो । किसानले १०० भन्दा बढी फलफूलको बिरुवा रोपे ७५ प्रतिशत अनुदान दिइने  उल्लेख गर्दै उनले खेतीयोग्य जमिनका लागि थोपा सिँचाइको व्यवस्था गरिने बताए । उनले व्यावसायिक तरकारी खेती गर्ने किसानलाई तालिमसहित बिउबीजनमा सहयोग गरिरहेको पनि बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर