• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

'ओलीका विषयमा प्रचण्डले उठाएका विषय सही छन्, राष्ट्रिय छलफल गरौं' -गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीका विषयमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उठाएका विषय सहि भएको टिप्पणी गरेका छन् । प्रचण्डले सचिवालय बैठकमा पेश गरेका विषय सहि मात्र नभएर यस अघि पनि उठ्दै आएका विषय रहेको नेता थापाको भनाई छ । यस्ता विषयहरुमा अब नेकपामा मात्र छलफल गरेर नपुग्ने बताउदै उनले अव राष्ट्रिय बहस गर्नुपर्ने बताए । 

  • नेकपाको विवादका विषयमा यस्तो छ नेता गगनको टिप्पणी:

विगत लामो समयदेखि नेकपाको घर झगडाले सबैको ध्यान खिचेको छ । नेकपाभित्रको यो रडाकोका दुईवटा पक्ष छन्, पहिलो नेकपा सञ्चालनको आन्तरिक विषय र दोस्रो नेकपा नेतृत्वको सरकार सञ्चालनको विषय । नेकपाभित्र ‘को’ जाली हो को महाजाली हो, कसले धेरै झुट बोल्यो, कसले पार्टी सञ्चालनमा हलो अड्कायो अनि कसले सरकार सञ्चालनमा अड्कायो, यी विषयहरू नेकपाभित्रका आन्तररक छलफलका विषय हुन । दुई पाइलटका बिचमा गोप्य कोठामा, बैठकमा, सामूहिक रूपमा औपचारिक, अनौपचारिक ढङ्गले के–कस्ता सहमति र सौदावाजी भए र ती कसले पालना गरे, कसले गरेनन् त्यो पनि पार्टीकै आन्तरिक चासोका विषय हुन् । गुटबन्दी कसले ग¥यो, षडयन्त्र कसले ग¥यो, फुटाउन कसले खोज्यो, कसलाई भाग मिल्यो कसलाई मिलेन, नेकपाको असली आमा को हुन त्यो पनि नेकपाका साथीहरुले नै छुट्टाउने हो । 

पाटीभित्रको आन्तरिक जीवनमा अविश्वस र आशंका हुनसक्छ, कतिपय अवस्थामा वैचारिक मतभेद र अन्तरविरोध पनि रहन्छ । मतभेदका विषयमा संवाद हुन्छ, समाधान निस्कन्छ र पार्टी अगाडि बढ्छ । यदि यस्तै पार्टीका आन्तरिक विषय मात्रै दुई अध्यक्षको दोहोरीको विषय हुन्थ्यो भने उक्त विषयमा चासो राखे पनि हामी शुभच्छा प्रकट गरेर मात्रै बस्थ्यौं । तर, नेकपाको विवादमा उठान भएका कतिपय विषय पार्टीको आन्तरिक विषयमा मात्रै सीमित छैनन् । 

केही दिनअघि नेकपाका अध्यक्ष प्रचण्डले नेकपा सचिवालयको बैठकमा लिखित प्रस्ताव प्रस्तुत गर्दै अर्का अध्यक्ष तथा प्रधानमन्त्रीमाथि केही संगिन आरोप लगाउनु भएको विषय सार्वजनिक भइसकेको छ । मूल्तः प्रचण्डको राजनीतिक प्रसतावभित्रको ‘सरकार सञ्चालनमा अनुत्तरदायी व्यवहार’ अन्तर्गत समावेश भएका आरोपका बुँदाहरु नेकपाभित्रको आन्तरिक विषय मात्र नभएर आम सरोकारका विषय हुन् । 

नेकपा अध्यक्ष पुष्पकमल दाहालको आरोप छ अझै भनौं ठहर छ, ‘नेकपाको संसदीय दलले चुनेर प्रधानमन्त्री बन्नु भएको खड्गप्रसाद ओलीले स्वच्छ सरकार र सुशासनको कार्यदिशा विपरित सरकार चलाउनु भयो, त्यस्तै ‘भ्रष्टाचार, दुराचार, व्यभिचार र कमिसन खोरी’ नियन्त्रण गर्न सार्थक पाइला चाल्नुको सट्टा वाइडबडी विमान खरिद प्रकरण, सुरक्षण छापाखाना खरिद र सञ्चार मन्त्रीको टेप प्रकरण, यति होल्डिङ्स संगको अपारदर्शी र शंकाष्पाद कारोवार, स्वास्थ्य सामाग्री खरिदमा ओम्नी समूहसँग साँठगाँठ र बजेट सार्वजनिक गर्नु पूर्व गोप्य राख्नुपर्ने करको दर रेट परिवर्तनलाई चुहाएर विद्युतीय सवारी र चकलेट आयातमा अनियमितता जस्तो प्रकरणमा मुछिएकाहरुको प्रतिरक्षा गरेर ओलीले भ्रष्टाचारलाई प्रात्साहन र संरक्षण गर्नु भयो, कोरोना महामारी विरुद्ध राष्ट्रिय एकताको साथ अगाडि बढ्नु पर्ने बेला पार्टीं विभाजन र सत्ताको खेलमा लागेर ओलीले राजनीतिक विवाद मात्र सिर्जना गर्नु भएन कानुन सम्मतको विपद् व्यवस्थापनको राज्य संयन्त्रलाई निष्कृय तुल्याउनु भयो ।

राष्ट्रियता संग सम्बन्धित विभिन्न विषयमा अनेक पटक फितलो देखिनु भयो र विदेश मामिला र कूटनीतिमा नेपालको स्वतन्त्र नीतिसँग मेल नखाने व्यवहार देखाउँदै अयोग्यता प्रदर्शन गरी देशलाई क्षति पु¥याउनु भयो । द्वन्द्वकालिन मुद्दाहरुलाई राजनीति उद्देश्यका निम्ति उपयोग गर्नुभयो । समग्रमा सरकार सञ्चालनको दुई वर्षको अवधि हेर्दा प्रधानमन्त्री ओली सम्पूर्ण रुपमा असफल हुनुभयो ।’

पुष्पकमल दाहालले खड्गप्रसाद ओलीमाथि लगाएको आरोपहरुमा नौला विषय छैनन् र गलत पनि होइन, संसद, सडक सबैतिरबाट प्रधानमन्त्री ओली विरुद्ध उठ्दै र लाग्दै गरेका आरोप हुन् । तर पनि यो प्रकरण विशेष छ । प्रधानमन्त्रीकै पार्टीभित्रबाट नेकपा अध्यक्ष प्रचण्ड सहित अन्य दुई पूर्व–प्रधानमन्त्री समेत शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीलाई सरकार सञ्चालन गर्न अयोग्य मात्र होइन राज्य संचालन र सुशासनका सन्दर्भमा प्रधानमन्त्रीको प्रवृत्ति र नियतमै गम्भीर प्रश्न उठाएका छन् । आफ्नै पार्टीको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री बनाएको व्यक्तिविरुद्ध उदाहरण सहित असक्षम र भ्रष्टाचारीलाई प्रोत्साहन र संरक्षण गरेको, राष्ट्रिय सुरक्षामा असंवेदनशील भएको निष्कर्ष निकाल्नुले प्रधानमन्त्री ओली विरुद्धको विरोधको पछिल्लो श्रंखलालाई विशेष बनाएको छ । यो संवेदनशील छ । 

प्रचण्डको आरोप पत्र पछाडि यतिखेर प्रधानमन्त्री आफ्नो पदीय र कूटनीतिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय मर्यादाको समेत ख्याल नगरी सम्पूर्ण शक्ति लगाएर प्रचण्डलाई फकाउने प्रयत्नमा हुनुहुन्छ भन्ने सुनिरहेका छौं, पढिरहेका छौं । 

पार्टी सञ्चालनको सन्दर्भमा रहेका मतभेदका बारेमा, नेकपा भित्रको गुटबन्दीका बारेमा कसले आत्मासमिक्षा गर्ने, कसले आत्मालोचना गर्ने, कसले त्याग गर्ने, कसले कसलाई कति फकाउने, कसलाई तर्साउने, को कता जाने, कसको जिम्मेवारी हेरफेर गर्ने त्यो नेकपाका साथीहरुले नै छलफल गर्ने विषय हो । छलफल गर्नुहोस्, चिरफार गर्नुहोस्, निकास निकाल्नुहोस् हाम्रो शुभकामना छ । 

तर प्रधानमन्त्री ओलीको अर्थात नेकपाको एकल नेतृत्वको सरकार सञ्चालन गर्दा देखिएको अनियमितता, भ्रष्टाचार, अपराध, कुशासन लगायतमा नेकपाको अध्यक्षले आफ्नो पार्टीको प्रम र सरकारको बारेमा जे ठहर गर्नु भएको छ अब दुई अध्यक्षको मन मुटु मिल्दैमा गुटहरु जोड्दैमा कोही आएर रातारात मिलाइदिँदैमा अनि एक भयौं भनेर हात मिलाउँदैमा, आत्मआलोचना गर्दैमा अनि प्रसताव फिर्ता लिँदैमा सकिने विषय होइनन्, सकिँदैनन् । यस्ता विषय वैठकमा मन पखालेर पखालिदैन, अब बिर्साै भनेर बिर्सिइँदैन । यी सार्वजनिक चासो र राष्ट्रिय सरोकारका विषय हुन र यी विषयको उत्तर आरोपीले दिनुपर्छ, आरोप लगाउनेले दिनुपर्छ, प्रधानमन्त्रीले दिनुपर्छ, नेपाले दिनुपर्छ । यति मात्र होइन नेकपाको आन्तरिक शक्ति सउ.घर्ष र कलहबीच विदेश िगुप्तचर प्रमुखसँगको प्रधानमन्त्रीको भेटको विषय अनि नेकपाका नेताहरुले चिनिया राजदूतसँग गरेको अस्वाभाविक भेटघाट समेतका बारेमा प्रधानमन्त्री र सिंगो. नेकपाले उत्तर दिनुपर्छ । 

यस प्रकरणमा उठेका र उठाइएका सार्वजनिक र राष्ट्रिय सरोकारका विषयहरुलाई फगत पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष बिच उठेको मनमुटावको तितो अभिव्यक्तिका रुपमा लिने भुल कम्तीमा प्रतिपक्षले गर्नेछैन । त्यसै्रले ‘फकिने’ र ‘फकाउने’ले यो नबिर्सिनुहोला कि अब सबै विषय नेकपाभित्रको् आन्तरिक विषय रहेनन्, दुई ‘पाइलट’ को मनमुटाब मात्रको विषय रहेन । अब यो राष्ट्रिय सरोकारको विषय हो, यो हाम्रो विषय हो । 

आरोप लगाउने र आरोपित जसले जसलाई ‘फकाए’ पनि जसले आएर ‘फकाइदिए वा मिलाइदिए’ पनि अब हामे एक एक प्रश्नको उत्तर दिन तयार पनि हुनुहोला । नेपाल कम्युनिष्ट पार्टीका अध्यषले आफ्नो पार्टीका तर्फबाट बन्नुभएको प्रधानमन्त्रीको सन्दर्भमा उठाउनुभएको एक एक प्रकरणको हिसाव किताब अब संसद् र सडक दुुबैबाट मागिनेछ । 

गगन कुमार थापा 
२०७७–०८–०३

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर