• बिहीबार ८-११-२०७७/Thursday 11-26-2020/ 01:04 am

प्रदेश १ मा ४४० कोरोना सङ्क्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ४४० जना कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये १४६ महिला र २९४ पुरुष छन् ।
    
थपिएका सङ्क्रमितमा मोरङका २२३ मध्ये विराटनगरका १२४, सुनसरीका ८४, झापाका ६६, इलामका १२, उदयपुरका ११, सङ्खुवासभाका पाँच, पाँचथरका चार, धनकुटाका दुई, ताप्लेजुङ, ओखलढुङ्गा र भोजपुरका एक–एक र प्रदेश बाहिरका ३० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
    
यस प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २४ हजार  ५१६ पुगेको छ भने आज ३६३ जनासहित अहिलेसम्ममा १९ हजार २३१ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा यस प्रदेशमा एक हजार २६१ जनासहित कूल एक लाख ८० हजार ५३० जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बेपत्ता छानविन आयोगको कामलाई उपलब्धिमुलक वनाउन मुख्यमन्त्री शाहीको आग्रह

  • १० मङ्सिर, २०७७

सुर्खेत  । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले आफ्नो कामलाई प्रभावकारी र उपलब्धिमुलक बनाउन बेपत्ता पारिएका व्यक्तिको छानविन

पाल्पामा ट्याक्टर दुर्घटना,एकको मृत्यु ३ जना घाईते 

  • १० मङ्सिर, २०७७

पाल्पा ।  पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने ३ जना घाईते भएका छन् ।  जिल्लाको पश्चिम रैनादेवी छहरा गाउँपालिका–६,

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय खुला

  • १० मङ्सिर, २०७७

गण्डकी । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय मङ्गलबारदेखि खुला गरिएको छ । विश्वव्यापीरूपमा पैmलिएको