• बिहीबार ८-११-२०७७/Thursday 11-26-2020/ 12:41 am

बैतडीमा धान र मकै उत्पादन बढ्यो, दलहन उत्पादनमा कमी

बैतडी। बैतडीमा यो वर्ष खाद्यबालीको उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यो वर्ष खाद्यबालीको उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । 

मुख्य खाद्यबालीका रूपमा रहेको मकै यो वर्ष २० हजार १५९ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष मकै १९ हजार ७६४ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । जिल्लाको १२ हजार ३०० हेक्टर क्षेत्रफलमा मकै खेती गरिन्छ । 

यस्तै यस वर्ष धानबाली उत्पादनमा पनि वृद्धि भएको छ । गत वर्ष १७ हजार १९० मेट्रिक टन उत्पादन भएको धान यो वर्ष बढेर १८ हजार ४९ मेट्रिक टन पुगेको छ ।   बैतडीको नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ ।  

जिल्लाको सबैजसो ठाउँमा मकैखेती गरिन्छ भने पाटन, हाट, सलेना, सूर्नयालाई धानखेतीको पकेट क्षेत्रका रूपमा चिनिन्छ । यो वर्ष किसानले उन्नत जातको बिउको प्रयोग गरेकाले खाद्यबाली उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । योभन्दा पनि बढी उत्पादन हुने अपेक्षा गरिएको भए पनि जङ्गली जनावरका कारण केही कम उत्पादन भएको  बताइएको छ ।  

दलहन उत्पादनमा कमी 

बैतडीमा यो वर्ष दलहन उत्पादनमा कमी आएको छ ।  खास गरेर भटमास र मासको उत्पादनमा कमी आएको हो । यो वर्ष भटमास एक हजार ३६५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । 
 
गत वर्ष भटमास एक हजार ४३३ मेट्रिक टन उत्पादन भएको थियो । बैतडीको एक हजार ३६५ हेक्टर क्षेत्रफलमा भटमास खेती गरिँदै आएको ज्ञान केन्दका निमित्त प्रमुख चन्दले जानकारी दिए । 

यस्तै यो वर्ष ३१९ मेट्रिक टन मास उत्पादन भएका छन् । गत वर्ष ३५२ मेट्रिक टन मास उत्पादन भएको थियो ।   जिल्लाको ४१० हेक्टर क्षेत्रफमा मास खेती गरिन्छ । यो वर्ष बढी वर्षा भएकाले दलहन उत्पादनमा कमी आएको निमित्त प्रमुख चन्दले बताए । उनले  भने, “दलहन खेती गर्नका लागि  चाहिनेभन्दा बढी वर्षा बढी भएकाले कम फलेको देखिन्छ ।” 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बेपत्ता छानविन आयोगको कामलाई उपलब्धिमुलक वनाउन मुख्यमन्त्री शाहीको आग्रह

  • १० मङ्सिर, २०७७

सुर्खेत  । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले आफ्नो कामलाई प्रभावकारी र उपलब्धिमुलक बनाउन बेपत्ता पारिएका व्यक्तिको छानविन

पाल्पामा ट्याक्टर दुर्घटना,एकको मृत्यु ३ जना घाईते 

  • १० मङ्सिर, २०७७

पाल्पा ।  पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने ३ जना घाईते भएका छन् ।  जिल्लाको पश्चिम रैनादेवी छहरा गाउँपालिका–६,

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय खुला

  • १० मङ्सिर, २०७७

गण्डकी । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय मङ्गलबारदेखि खुला गरिएको छ । विश्वव्यापीरूपमा पैmलिएको