• बिहीबार ८-१८-२०७७/Thursday 12-03-2020/ 03:19 am

प्रत्येक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापना गरिँदै

सुदूरपश्चिम ।  भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी (सीमा सुरक्षा पोष्ट)स्थापना गर्न पहल गरिएको छ ।

सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन सीमावर्ती क्षेत्रका थप सात ठाउँमा बिओपी स्थापनाको पहल भएको हो । 

 सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र कुँवरले भारतसँग जोडिएको धनगढीको पुण्टे घाट र ललितपुर, कैलारी गाउँपालिकाको लठ्ठा घाट, भजनी नगरपालिकाको हलौना घाट, कालापातल र पगियापसर र टीकापुर क्षेत्रको कालाकुण्डमा थप बिओपी स्थापना गर्न लागिएको बताए । 

कैलालीको सीमा क्षेत्रमा हालसम्म १० देखि १२ किमीको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी रहेको छ । कैलाली जिल्लाको १०१ किलोमिटर लामो सीमा भारतसँग जोडिएको छ । सीमापारि भारतीय भूमिमा प्रत्येक पाँच किलोमिटरको दूरीमा त्यहाँको सीमा सुरक्षा बल(एसएसबी)को पोष्ट सञ्चालनमा रहेको जनाइएको छ ।

 वरिष्ठ प्रहरी उपरीक्षक कुँवरल भने, “प्रत्येक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापना गर्नसकेमा सीमाको सुरक्षाका साथै चोरी, तस्करीजस्ता अवैध गतिविधि रोक्न थप प्रभावकारी हुनेछ ।” नेपाल सरकारले भारत र चीनसँग सीमा जोडिएको नेपालको सीमावर्ती क्षेत्रमा ५०० जति बिओपी स्थापना गर्ने लक्ष्य राखेको जनाइएको छ । 

पछिल्ला महिनामा कैलाली जिल्लाको सीमा क्षेत्रमा हुने गरेको अवैध चोरी तस्करी नियन्त्रणको काममा विगतका वर्षको तुलनामा सफलता मिलेको जिकिर प्रहरी उपरीक्षक कुँवरले  गरे  ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गण्डकीमा ११७ जना कोरोना सङ्क्रमित थपिए

  • १७ मङ्सिर, २०७७

गण्डकी । गण्डकी प्रदेशमा ११७ जना कोरोना सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका– १४ का ४८

गुणस्तरहीन तोरी तेल उत्पादन गर्ने कैलाश उद्योगमा सिल

  • १७ मङ्सिर, २०७७

वाग्मती ।  अमलेखगञ्ज–हेटौँडा सडकखण्डमा लामो समयदेखि बन्द रहेको उद्योगमा अखाद्य वस्तु मिसावट गरी गुणस्तरहीन तोरी तेल उत्पादन गरी बिक्री गरेको

झापामा पत्रकारमाथि श्रृंखलाबद्ध आक्रमण, दोषीलाई अबिलम्ब कारवाही गर्न महासंघको माग

  • १७ मङ्सिर, २०७७

झापा ।  पत्रकाहरुमाथि श्रृंखलबद्ध आक्रमण हुन थालेको छ । न्यूज २४ टेलिभिजनका झापा संबाददाता राजु पौडेल, झापाका पत्रकार नारायण अर्याल, माउण्टेन