बिप्लव पाल्पा इन्चार्ज सिंह दीपनगरबाट पक्राउ
पाल्पा । नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेकपा पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार बिहान रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित दीपनगरबाट सिंहलाई प्रहरीले पक्राउ गरेको छ । उनीसंगै पाल्पा जिल्ला सदस्य मीनबहादुर आलेलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार उनीहरुको साथबाट विभिन्न पुस्तक, सदस्यता नवीकरण पत्र र सिमसहित एक थान मोबाइलसमेत जफत गरिएको छ ।
प्रतिकृया दिनुहोस