प्रदेश सरकार सञ्चार क्षेत्रलाई सहयोग गर्न तयार छ : मुख्यमन्त्री पौडेल

वाग्मती ।  वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकार सञ्चार क्षेत्रलाई हरतरहले सहयोग गर्न तयार रहेको बताएका छन्  । हेटौँडाबाट प्रसारित पहिलो स्याटेलाइट टेलिभिजन नेशनल गोल्ड एचडीलाई आज शुभकामना दिँदै मुख्यमन्त्री पौडेलले सरकार र सञ्चार क्षेत्रबीच हार्दिकतासहितको सम्बन्ध रहनुपर्ने धारणा  राखे । 

“मिडिया र सरकार हार्दिकताका साथ अगाडि बढ्ने हो भने हामीले चाहेका धेरै कुराहरु पूरा गर्न सकिन्छ”, मुख्यमन्त्री पौडेलले  भने ।

सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेशको राजधानी हेटौँडामा राष्ट्रियस्तरका सञ्चारमाध्यम स्थापना हुनु आफैँमा राम्रो भएको उनको भनाइ थियो । “प्रदेश राजधानी हेटौँडाबाट सञ्चालित सञ्चारमाध्यमले वाग्मती प्रदेशसहित सिङ्गो नेपालका विविध विषयवस्तु उजागर गरेर देशको प्रतिनिधित्व गर्न सकोस्”, मुख्यमन्त्री पौडेलले  भने ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर