• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

कोरोना संक्रमण तीब्र गतिमा बढेपछि क्यालिफोर्नियामा कर्फ्यू

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएपछि कर्फ्यू जारी भएको छ । शनिबारदेखि रातिको समयमा कर्फ्यू लागु भएको क्यालिफोर्निया राज्य सरकारले जनाएको छ ।

गएको अगस्टमा पश्चिमी राज्यमा सबैभन्दा धेरै संक्रमण देखिएको थियो । तर अहिले त्यो भन्दा पनि धेरै संक्रमण दैनिक रुपमा देखिन लागेको लस एन्जलस टाइम्सले जनाएको छ ।

क्यालिफोर्नियामा गएको हप्ता कुल संक्रमितको संख्या १० लाख नाघ्यो । यसअघि टेक्सासमा संक्रमितको संख्या १० लाख भन्दा धेरै पुगेको थियो ।

शनिबारदेखि स्थानीय समय अनुसार राति १० बजेदेखि बिहान पाँच बजेसम्म कर्फ्यू जारी रहने छ। यो क्रम आउँदो डिसेम्बर २१ सम्म कायम हुने र आवश्यक परेको अवस्थामा बढ्न पनि सक्ने राज्यका अधिकारीले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर