• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

इंग्लिस प्रिमियर लिग : दर्शकले १० वटा क्लबका रंगशालामै गएर खेल हेर्न पाउने

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कारण घरभित्रै  बसिरहेका फुटबल प्रेमीको लागि खुशीको खबर सार्वजनिक भएको छ । कोरोना संकटकै बीच १० वटा क्लबका रंगशालामै गएर खेल हेर्न पाइने भएका छन् । 

इंग्लिस प्रिमियर लिगका विभिन्न १० क्लबले सीमित दर्शकलाई रंगशाला प्रवेशको अनुमति पाएका हुन् । 

कोराना महामारी व्यापक बन्दै गएपनि सधैभरी रंगशाला बन्द हुनु नहुने भन्दै इंग्ल्यान्ड सरकारले १० क्लबको मैदानमा दर्शकलाई प्रवेशको अनुमति दिने निर्णय गरेको हो । 

यो निर्णय अनुसार चेल्सी, लिभरपुल, आर्सनल, टोटेनहम, क्रिस्टल प्यालेस, ब्राइटन, एभर्टन, फुलहम, साउथह्याम्पटनका रंगशालामा गएर अब खेल हेर्न पाइने छ । ​​

फुटबलप्रेमीले डिसेम्बर २ बाट रंगशाला गएर पुनः फुटबल हेर्न पाउने गरी इंग्ल्यान्ड सरकारले यो निर्णय गरेको हो । रंगशालाको फुल सिटमा नभएर दुई हजार दर्शकले मात्र यी क्लबको रंगशालामा बसेर खेल हेर्न पाउने छन् । ​​

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर