सुर्खेत । भारतमा सञ्चालन हुन लागेको विश्व पावर लिफ्टिङ प्रतियोगितामा सहभागी जनाउन लागेकी सुर्खेतकी चेली श्रुति कार्कीलाई विदाई गरिएको छ ।
नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेकी एक्ली महिला कार्कीलाई सामाजिक विकास मन्त्री दल रावलले सफलताको शुभकामनासहित विदाई गरेका हुन् ।
भारतको मुम्बईमा हुन लागेको प्रतियोगितामा नेपालबाट कार्कीसहित पाँच खेलाडी सहभागी जनाउँदै छन् । कार्कीलाई विदाई गर्दै मन्त्री रावलले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर जितेर स्वदेश फर्किन शुभकामना दिए ।
मन्त्री दल रावलले प्रतियोगितामा मेडल ल्याएपछि दुई लाख पुरस्कार मन्त्रालयले प्रदान गर्ने प्रतिवद्धता जनाए । प्रतियोगितामा विश्वका २० राष्ट्रका खेलाडीहरुले सहभागी जनाउनेछन् ।
कार्की सोमबार बुटवलहुँदै गोरखपुरबाट राजधानी ट्रेनमा १६ गते प्रस्थान गर्नेछिन । भारत जाँदा आउँदाको सबै खर्च भने मिडवेस्टर्न फिटनेस सेन्टरले व्यहोर्ने सञ्चालक प्रमोद हमालले जानकारी दिए ।
५५ के.जी. तौल समुहमा मेडलको आशा गरिएको हमालले बताए । विदाई कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामबहादुर वली, जिल्ला फुटबल संघका अध्यक्ष जनक रावल लगायतको उपस्थिति थियो ।
पाल्पा । २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा पाल्पामा भूकम्प पश्चात् खोज तथा उद्दार सम्बन्धि अभ्यासको नमूना प्रदर्शन गरिएको छ । नेपाली
विराटनगर । नागरिक अगुवा कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले सबैभन्दा खतरा संघीयतामाथि भएको बताएका छन् । विराटनगरमा शुक्रवार बृहत्
गण्डकी । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रिय एकता र राष्ट्रिय सहमतिबाट मात्रै राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्न सकिने बताएका छन् ।
प्रतिकृया दिनुहोस