• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नेकपा सचिवालय : ईश्वर पोखरेलले समेत प्रधानमन्त्रीकाे विराेध गरे

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठकमा नेताहरुले राजनीतिक बहसबाट व्यक्तिगत  आरोप प्रत्यारोपमा उत्रिएका छन् । आज दिउँसो प्रधानमन्त्रीके सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा यस अघि प्रस्तुत भएका प्रस्तावमाथि छलफल  गर्नुभन्दा पनि नेताहरुबीच आरोप प्रत्यारोपमा धेरै भएको हाे । बैठकको सुरुमा नै नेताहरु बाझाबाझ भएपछि बैठक आरोप प्रत्यारोपमा सकिएको सचिवालयका एक सदस्यले दैनिकलाई बताए । उनले भने, ‘बैठकको सुरुमा नै बाझाबाझ भयो । प्रस्तावमाथि त बैठक प्रवेश नै गर्न पाएन ।'

हिजो बसेको सचिवालय बैठकले मंगलबारबाट बैठक पार्टी कार्यलय धुम्बाराहीमा बस्ने निर्णय गरेको थियो । तर आज बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव मार्फत आफू धुम्वाराही नजाने जानकारी प्रचण्डलाई गराए ।

तर प्रचण्डले पनि पौडेल मार्फत बालुवाटार नजाने जानकारी दिए । तर ओलीले सुरक्षा थ्रेट भन्दै नजाने भनेपछि प्रचण्ड लगायतका सचिवालय सदस्यहरु बालुवाटार बैठक बस्न सहमत भएको स्रोतले बतायाे । 

आजको बैठक महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन मनाएर सुरु भएको थियो । केक काटेर जन्मदिन मनाउदा नेकपाका नेताहरु जति खुशि थिए । बैठक सुरु भएपछि भने बैठक तिक्तापूर्ण अवस्था तर्फ गयाे । उनले भने ‘पहिला त सबै ठिक नै थियो । प्रचण्डले बैठक सुरूवात गर्नुभयाे, अध्यक्ष केपी ओलीले बोल्नु सुरु गर्ने बित्तिकै अर्का अध्यक्ष तर्फ छेड हान्दै आजको बैठकका एजेण्डा के हुन भनेर सोध्नु भयो त्यसपछि बैठकको माहोल नै फरक तरिकाले अगाडि बढ्यो ।’ 

स्रोतका  अनुसार ‘ओलीले सुरुमा नै बैठक किन बस्नु पर्ययाे ? के का लागि बैठक बस्ने भनेपछि प्रचण्डले तुरुन्त जवाफ दिंदै तपाईं को हो र बैठक बस्नु हुन्न ,के का लागि बैठक बस्ने भन्ने । दुवै प्रस्तावमाथि छलफल गरेर पार्टीले निस्कर्ष निकाल्छ । बैठक बस्छ ।’ भन्ने जवाफ दिए ।

बैठकमा सुरुमा दुई अध्यक्षबीच जुहारी चलेपछि अन्य सदस्यहरुले पनि ओलीको आलोचना गर्न सुरु गरेका थिए । ओलीले प्रचण्डकाे प्रस्ताव फिर्ता गरि उनलेे माफि माग्नु पर्ने धारणा राखेपछि माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेब गौतम, ईश्वर पोखरेलले 'बैठक बसेपछि बोल्न नै नपाइने भन्ने हुन्छ ? प्रस्ताव आएपछि छलफल हुन्छ' भन्दै ओलीको विरुद्धमा बोलेका थिए । 

ओली र प्रचण्डबीच बाझाबाझ भईरहदा अन्य सदस्यहरुले पनि आ आफ्ना भनारा उखेको स्रोतले बतायााेाे । प्रचण्डले ओलीले लगाएका आरोपको लिखित रुपमा जवाफ दिने बताएका थिए । प्रचण्डको भनाई उदृत गर्दै स्रोतले भन्यो'- "बैठक बसौंं भनेर भन्दा लेखेर दिने तपाईं अनि त्यसको जवाफ लेख्नु पर्ने अवस्था आएपछि लेखेको हुँ । अझ पनि तपाईंले म माथि लगाएका आरोपको लेखेर नै जवाफ दिन्छु ।’

बैठकमा वरिष्ठ नेता नेपाललले पनि पार्टीको पद्धति विधि र विधान ओलीले नमानेको आरोप लगाएका थिए । नेपालले ओलीलाई सच्चिनु पर्ने बैठकमा सहमति नभए विधानमा भएको व्यवस्था अनुसार पार्टी अगाडि बढ्ने धारणा राखेका थिए । 

खनालले बैठकमा प्रस्तुत भएका दुव‌ै प्रस्ताव पार्टीको सम्पति भएको र छलफल गरेर अगाडि बढ्नु पर्ने धारणा राखेका थिए ।

सधैं ओलीको पक्षमा रहेका पोखरेलले आज ओलीको आलोचना गरेका थिए । उनले बैठकमा बसेपछि सबैले बोल्न पाउनु पर्ने र प्रस्तावमाथि छलफल हुनु पर्ने धारणा राखेका थिए ।

आजको बैठकमा पक्षमा विपक्षमा महासचिव विष्णु पौडेलमात्र बोलेका थिएनन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर