• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सोमालियाली सेनाको कारबाहीमा परी ६ आतङ्ककारी मारिए

मोगादिसु । सोमालियाको मारा आद्दे क्षेत्रमा सोमालिया राष्ट्रिय सेनाले गरेको कारबाहीमा परी अल शबाबमा छ जना लडाकू मारिएका सेनाका कमाण्डरले बुधबार पुष्टि गरेका छन् । 

अल शबाबका लडाकू समूह जबरजस्ती अति बढी कर उठाएको आतंकको विरोध अभियान सुरु भएपछि ती लडाकहरुको विरोधमा सैनिक कारबाही शुरु भएको सोमालिया डिभिजनका कमान्डर मोहम्मद ताहिल बिहीबारएका छन् । 
 
सेनाले ती लडाकू समूह लुक्ने ठाउँलक्षित गरी शुरु गरेको कारबाहीको क्रममा सेना र आतंककारीबीचको भएको भीषण झडपमा परी छ जना अल शबाबका लडाकू मारिएका ताहिल बताएका छन् । 

सेनाले तीन जना अल शबाब लडाकूहरूलाई पक्राउ गर्नुको साथै  उनीहरूले प्रयोग गरेका अखाडाहरूलाई ध्वस्त पारेको बताइएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर