• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

मेसीले खोले योजना र रहस्यः प्रशिक्षक हुन्न, बार्सिलोना फर्कन चाहन्छु (अन्तरवार्ता) 

‘म सानो छँदा सँधै सान्टा(क्लज)सँग फुटबलसँग जोडिएका सबैकुरा माग्थे । भकुण्डो, जर्सी, फुटबल बुट्स । मेरो बुवा–आमाले मलाई खुशी बनाउँन सबै थोक गर्नुभयो ।’

‘मलाई प्रेरणा दिने थुप्रै खेलकुद व्यक्तित्वहरु छन्ः बिब्रोन, नाडाल, फेडेरर । खेलकुदको हरेक विद्यामा मलाई मनपर्ने कोही छन् । क्रिस्टियानो, जब फुटबलको कुरा आउँछ ।’

‘बार्सिलोना मेरो पुरै जिन्दगी हो । अर्जेन्टिनामाभन्दा बढी म यही बाँचेको छु । यो क्लब र यो सहरसँग मेरो एक प्रेम सम्बन्ध रहेको छ ।’

‘आज म ठिक महशुस गरिरहेको छु । मैले फेरि पनि यस्तो महशुस गर्न केही समय लाग्यो । म सबै उपाधिहरुका लागि लड्न चाहान्छु जसका लागि हामी प्रतिस्पर्धा गर्छौँ, तर यो सबैका लागि गाह्रो कुरा हो । यतिबेला क्लब निक्कै कठिन आर्थिक अवस्थामा छ । हामी जहाँ थियौँ त्यहाँ फर्कन गाह्रो हुने नै छ ।’

धेरैजसो मानिसहरु केही थाहा नपाई नै बोल्छन् । मानिसहरु उनीहरुलाई विश्वास गर्छन् किनकि उनीहरु नै हुन् जो टेलिभिजन वा पत्रपत्रिकामा समाचार ल्याउँछन् । आएमसी एक यस्तो मिडियो हो जो झुटा प्रसंगहरुका बारेमा धेरै कुरा गर्छ । 

‘मेरा बच्चाहरु ड्रागन बल जेड वा पोकेमन हेर्न मन पराउँछन् । मैले कहिल्यै बार्टोमेउलाई ‘नोबिता’ भनिन जस्तो कि अरुले भन्छन्, हाहा... ।’

‘मेरो जीवनशैली साधारण छ, कहिलोकाहि दिक्क लाग्दो पनि हुन्छ । अनि म बिहान उठ्छु, नास्ता बनाउँछु, बच्चाहरुलाई स्कूल पुर्याउँछु, सिकाउँछु, त्यसपछि घर फर्कन्छु ।’

‘म हरेक ती चीजहरुका लागि एक विशेषाधिकार प्राप्त व्यक्ति हुँ जसलाई मैले अनुभव गरेको छु र म जो हुँ त्यसका लागि । तर कहिलेकाही म अपरिचित बन्न चाहान्छु, कहिलेकाही म अपरिचित बनेर कुनै फिल्म हेर्न वा कुनै रेष्टुरेन्ट जान मन पराउँछु ।’

‘एक खाली स्टेडियममा खेल्नु निक्कै भयंकर महशुस हुन्छ, सबैकुरा चिसो महशुस हुन्छ, यस्तो अनुभव मेरो लागि निक्कै नराम्रो हो । सबैकुरा फरक हुन्छन् र तपाई पछि नतिजामा देख्न सक्नुहुन्छ ।’

‘म्याराडोनाको मृत्युको खबर मैले पत्याउँनै सकिन, मेरो बुवाले मलाई म्यासेज पठाउँनुभयो र मैले टेलिभिजन खोले । कसैले पनि विश्वास गर्न सक्दैनन् कि डिएगोको निधन भइसकेको छ र अब उनी हामीमाझ छैनन् । यो निक्कै भयानक र अनौठो छ ।’

‘प्रत्येक दिन म उत्कृष्ट छु भन्ने देखाउँने चाहाना हुन्छ ?
म यस्तो सोच्दिँन । म मेरो टिमले जितोस् मात्रै चाहान्छु ।’

‘मैले कहिल्यै पनि मनोविदसँग भेटेको छैन । मैले भेट्नु पर्थ्यो, तर कहिल्यै यस्तो भएन र किन भन्ने पनि थाहा छैन । श्रीमती एन्टोनेलाले कर गर्छिन्, तर मलाई आवश्यक छ भन्ने थाहा हुँदाहुँदै पनि म आफैँ अघि बढ्ने संघर्ष गर्छु । तर म एक यस्तो व्यक्ति हुँ जो सबै कुरा भित्रै राख्न मन पराउँछु ।’

‘बुरोफ्याक्स ? म चीजहरुलाई औपचारिकता दिन चाहान्छु, यसलाई पनि औपचारिक बनाउँन चाहान्थे । मैले क्लबका अध्यक्षलाई थुप्रै पटक म छोड्न चाहान्छु भने, तर उनले मेरो कुरा सुन्न अस्विकार गरिरहे ।’

‘म त्यहाँबाट निक्लन चाहान्थे । अध्यक्षले दिनुभएन र उहाँले मलाई मेरो बारेमा समाचार चुहाउने प्रयास गरेर मलाई चोट पुर्याउनुभयो । उहाँले मलाई फिल्मको उक खराब पात्रको रुपमा देखाउने प्रयास गर्नुभयो ।’

‘यस्तो गर्ने निर्णय निक्कै भयानक थियो र पक्कै पनि मैले फ्यानहरुका बारेमा पनि सोँचे । तर मानिसहरुलाई म क्लब र सहर छोड्न चाहान्छु भन्ने कुरा बुझाउँन त्यति सजिलो थिएन ।’ 

‘सुअरेजसँग अलग ? यसले कुनै परिवर्तन गरेन, किनकि त्यसअघि मैले छोड्न चाहान्थे । तर जुन तरिकाले उनीहरुले यसको व्यवस्थापन गरे त्यसले मलाई पागल बनायो । उनले एक प्रतिस्पर्धी क्लबका लागि निशुल्क छोडे । उनी अलग हुनुले मलाई चोट पुर्याएन, उनीहरुको हटाउने तरिकाले पुर्यायो ।’

‘बार्टोमिउले धेरैपटक मलाई धोका दिए । उनले जे–जति बाचा गरेका थिए त्यसका बारेमा बताउन सक्दिन, तर धेरै वर्षको अवधिमा उनले थुप्रै पटक ममाथि धोका गरे ।’ 

‘यदि अदालत गएको भए हामीले. जित्थ्यौँ । तर मलाई क्लबबाट जित्नु थियो र मैले आफ्नै क्लबलाई आक्रमण गरिन ।’

‘हो, मैले पेप ग्वार्डिओलालाई भने । हामीले म्यानचेस्टरमा कस्तो थियो र यहाँ के भइरहेको छ भन्ने बारेमा कुरा गर्यौँ । मेरा लागि उनी एक उत्कृष्ट प्रशिक्षक हुन् ।’  

‘म ड्रेसिङ रुमका लागि निर्णय गर्छु ? धेरै वर्षदेखि यही भन्दै आइएको छु, राष्ट्रिय टिममा समेत । जब म यो सुन्छु म लज्जा महशुस गर्छु । र मानिसहरु पनि यही कुरालाई विश्वास गर्छन् कि हामीले कसलाई लिने वा खेलाउने भन्ने मैले निर्णय गर्छु । यो वास्तविकताभन्दा धेरै टाढाको कुरा हो ।’

‘कोएम्यानका साथ हामी एक स्पष्ट योजनामा पुगेका छौ र मलाई लाग्छ हामी राम्रो गरिरहेका छौँ । यहाँ थुप्रै युवा खेलाडीहरु छन् र टिम विकास भइरहेको छ ।’ 

‘मलाई मनपर्ने अध्यक्ष छन् ? होइन । मानिसहरु मलाई मैले क्लबमा फेरि कब्जा जमाए भन्छन् ।’

‘यदि अर्का अध्यक्षले जाभीले हामीलाई प्रशिक्षण दिनेछन् भने भने म रहिरहन्छु ? हाहा.. हेरौँ । हामीले पहिलो सत्रलाई समापन गर्नुपर्छ र जुनमा हामी हेर्नेछौँ । अहिलेसम्म मलाई थाहा छैन ।’

‘खेलाडीहरु ल्याउन गाह्रो हुनेछ । पैसा छैन । महत्वपूर्ण खेलाडीहरु ल्याउनुपर्ने हुन्छ ।  नेमारलाई लिनु निक्कै महंगो पर्नेछ । नयाँ अध्यक्षका लागि यो एक अप्ठेरो परिस्थिति हुनेछ, उनी निक्कै साहसी र बुद्धिमान हुनुपर्छ ।’

‘एमएसएन ? हो, हामी बेला–बेला कुरा गर्छौँ । हाम्रो ह्वाट्एपमा एक ग्रुप छ । हामी सम्बन्धलाई सन्तुलनमा राख्छौँ, लगभग प्रत्येक दिन कुरा गछौं ।’ 

‘ग्रिजम्यान ? हामीबीच एक स्वस्थ्य सम्बन्ध छ, हामी सँगै बसेर पिउँछौँ ।’

‘म अत्य क्लबसँग वार्ता गर्नेछैन । म सिजनको समापनको प्रतिक्षा गर्नेछु र जुनमा म निर्णय लिनेछु ।’

‘कुनै दिन म संयुक्त राज्य अमेरिकामा खेल्न चाहान्छु, तर मलाई थाहा छैन यो सम्भव हुनेछ वा छैन ।’

‘मलाई थाहा छैन म के गर्नेछु किनकि मलाई नै थाहा छैन ।’

‘मेरो अवकाशपछि मेरो बाँकी जिन्दगी बार्सिलोनामै बिताउँन चाहान्छु ।’

‘रियल मड्रिड वा एटलेटिको मड्रिड जाने ? होइन, असम्भव ।’

‘यदि मैले छोडे भने राम्रो तरिकाले छोड्न चाहान्छु र पछि फर्केर क्लबमै योदान दिन चाहान्छु । म लगायत कुनै पनि खेलाडीभन्दा पनि ठूलो हो बार्सिलोन ।’

‘ड्रेसिङ रुममा साथीहरु ? म सबैसँग राम्रो सम्बन्ध राख्छु, तर विशेषगरी ती व्यक्तिहरुसँग जो क्लबमा लामो समयदेखि छन् ।’

‘रिटायरमेन्टपछि ? म फुटबलमा संलग्न हुन चाहान्छु, एक प्रशिक्षकको रुपमा होइन, म आफूँलाई एक प्रशिक्षकको रुपमा हेर्दिन, तर सायद हुनसक्छ एक खेलकुद निर्देशकको रुपमा ।’

-ला सेक्स्टाका लागि मेसीले दिएको अन्तरवार्ता समाचार दैनिकका लागि गिता सुब्बाले अनुवाद गरेकी हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर