बुटवल । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकटका युवा तथा विद्यार्थीहरुले प्रतिनिधिसभा विघटनका विरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलिले गरेको प्रतिनिधि सभा विघटनका विरुद्ध सडक तताउने भन्दै उनीहरुले संसद पुर्नस्थापना गराएरै छाड्ने बताएका छन ।
आज बुटवलमा पत्रकार सम्मेलन गरेर युवा तथा विद्यार्थी नेताहरुले संविधान माथि प्रधानमन्त्रीले कु गरेको भन्दै संविधान, गणतन्त्र तथा लोकतन्त्र रक्षाका लागि आन्दोलनमा होमिएको बताएका छन ।
पत्रकार सम्मेलनमा वोल्दै राष्ट्रिय युवा संघका पूर्व केन्द्रीय उपाध्यक्ष राजु गुरुङले प्रधानमन्त्रीलाई काम गर्न पार्टीमा कुनै अवरोध नभएको अवस्थामा काम गर्न दिइएन भन्दै संविधान च्यात्ने काम असवैधानिक रहेको बताए ।
उनले प्रधानमन्त्रीलाई काम गर्न कुनै अवरोध नभएको अवस्थामा प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको भन्दै पार्टी भन्दा माथि छु भन्ने शैलीमा ओलि अगाडी बढ्न खोज्नु कुनै हालतमा जायज हुन नसक्ने बताए ।
उनले पार्टीका नेताहरु माथि विगतमा अपमान गर्ने काम भएको भन्दै अव कुनै किसिमको अपमान गर्ने काम भएमा आफूहरु चुप लागेर नवस्ने चेतावनी पनि दिए ।
कार्यक्रममा संघका केन्द्रीय सदस्य सरिता श्रीषले सडकबाटै राजतन्त्र फालेर गणतन्त्र ल्याएको तथ्य प्रतुत गर्दै संसद पुर्नस्थापना पनि गरेरै छाडिने बताइन ।
अनेरास्ववियुका केन्द्रीय सदस्य अनुप पोखरेलले आम विद्यार्थी शैक्षिक र राजनीतिक एजेण्डा सहित आन्दोलनमा उत्रिएकोे बताए ।
टीकापुर । सुदूरपश्चिम प्रदेशमा छ महिनामा ३९ हजार ३०० बढी सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको छ महिनामा सुदूरपश्चिम प्रदेशका नौ
वाग्मती । राष्ट्रिय समावेशी आयोगले विभिन्न सिफारिस समेटिएको वार्षिक प्रतिवेदन वाग्मती प्रदेश प्रमुखलाई बुझाएको छ । आयोगका कार्यवाहक अध्यक्ष
कर्णाली । बिलिभर्स ईस्टर्न चर्च समुदाय वीरेन्द्रनगर सुर्खेतले यहाँका ७८ बालबालिकालाई शुक्रबार न्यानो ज्याकेट वितरण गरेको छ । समुदायअन्तर्गतको
प्रतिकृया दिनुहोस