• २०८१ बैशाख २३ आइतबार
  • Sunday, 5 May, 2024

प्रचण्ड–नेपाल पक्षको चितवनमा आज बृहत कार्यकर्ता भेलासँगै शक्ति प्रदर्शन

चितवन । विभाजित नेकपा अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ को गृह जिल्ला चितवनमा आज दुई समूहले छुट्टाछुट्टै कार्यकर्ता भेला गरेर शक्ति प्रदर्शन गर्दैछन्  । 

आज चितवनमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड–नेपाल समूहले कार्यकर्ता भेला डाकेको हो । दुवै समूहले एउटै समयमा भेला आयोजना गरेपनि स्थान भने फरक छ । ओली समूहले भरतपुर १२ स्थित स्मार्ट बैङ्क्वेट एण्ड रिसोर्ट गोन्द्राङमा भेला आयोजना गरेको छ ।

जहाँ गृहमन्त्री समेत रहेका ओली समूहका नेता रामबहादुर थापा ‘बादल’, नेताहरु शंकर पोखरेल, महेश बस्नेत, आनन्द पोखरेल र काशीनाथ अधिकारी लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै प्रचण्ड(नेपाल समूहले साविक नेकपा माओवादी केन्द्रको पाटी कार्यालयमा कार्यकर्ता भेला गर्दैछ । जहाँ उक्त समूहका नेता भीम रावल, योगेश भट्टराई, रामकुमारी झांक्री, नारायण दाहाल र रेणु दाहालले सम्बोधन गर्ने तय भएको छ । चितवन प्रचण्डको गृह जिल्ला भएकाले दुवै समूहले शक्ति प्रदर्शनको रुपमा लिएका छन् । दुबै समूहले बढी भन्दा बढी कार्यकर्ता उतार्न पूर्व तयारीसमेत गरेका थिए ।

पार्टीको केन्द्रीय तहमै विभाजन भएपछि जिल्ला तहमा पनि त्यसको प्रभाव परेको हो । अहिले पालिका स्तरमासमेत नेकपा ओली समूह र प्रचण्ड–नेपाल समूहको छुट्टाछुट्टै भेला भइरहेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर