• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

अग्रज गीतकार भैरवनाथ रिमाल ‘कदम’ को निधन

काठमाडौं । अग्रज गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ। उनको ८६ वर्षको उमेरमा शनिबार निधन भएको हो । 

वि.सं. १९९२ माघ ३ मा जन्मिएका रिमालले ५०० भन्दा धेरै गीतको रचना गरेका छन्। नारायण गोपालले गाएको ‘जुन फूल मैले चाहेको थिएँ’, अरुणा लामाले गाएको ‘उदास मेरो प्रेम कथा’सहित कालजायी गीत उनले लेखेका थिए।

रिमाल लामो समयदेखि बिरामी थिए। स्मरण शक्ति ह्रास हुने अलजाइमर्सको समस्या सामना गरिरहेका उनी बोल्न सक्दैन थिए। असोजसम्म सामान्य बोलीचाली गरिरहेका उनी त्यसयता गम्भीर बिरामी भएका थिए।

गम्भीर बिरामी परेपछि उनलाई चिरायु अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। तर चार दिनसम्म उपचार गरेर घर फर्काएपछि उनको निधन भएको हो।

उनले लेखेको एउटा गीत

(जुन फूल मैले चाहेको थिएँ कसैले टिपेछ

सौन्दर्य बनी त्यो सधै मेरो आँखामा लुकेछ) २

(सुख र दुःख सँगाली दिने जीवनमा त्यै थियो) २

दिन रात अब म देखि टाढा भएर गइदियो


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर