ते–क्वाण्डो महासंघ,राष्ट्रिय कालोपेटी अन्तरगत लुम्बिनी प्रदेशस्तरीय परीक्षा पाल्पामा सम्पन्न
पाल्पा । नेपाल आइटिएफ ते–क्वाण्डो महासंघ, राष्ट्रिय कालोपेटी अन्तरगत लुम्बिनी प्रदेशस्तरीय परीक्षा पाल्पामा सम्पन्न भएको छ । तानसेनका विभिन्न स्थानमा लिईएको पेटी परीक्षामा लुम्बिनी प्रदेशस्तरीय कालोपेटी प्रथम, दोस्रो र तेस्रो डानका खेलाडीको सहभागीता रहेको थियो । पेटी परीक्षामा कालोपेटी प्रथममा १३, दोस्रोमा ३७ र तेस्रामा ७२ जना खेलाडी सहभागी भएका थिए ।
उनीहरुलाई नेपाल अन्तर्राष्ट्रिय ते–क्वाण्डो महासंघका राष्ट्रिय उपाध्यक्ष तथा अञ्जुनाथ श्रेष्ठ, अन्तर्राष्ट्रिय प्रशिक्षक निरबहादुर सारुका साथै अन्य प्रशिक्षकहरुले पेटी परीक्षा लिएका थिए । परीक्षामा सहभागी मध्ये सात जनालको पुनः परीक्षा लिनुपर्ने भएको महासंघका अन्तर्राष्ट्रिय प्रशिक्षक निरबहादुर सारुले बताए ।
साथै सोही कार्यक्रममा नेपाल आइटिएफ ते–क्वाण्डो रोल्पाले आयोजना गरेको भर्चुअल प्रतियोगितामा विजयी खेलाडीलाई समेत पुरस्कार तथा पदक वितरण गरिएको थियो । रोल्पाले प्रथम परिवर्तन भर्चुअल ते–क्वाण्डो आइटिएफ खुल्ला प्याट्रन प्रतियोगितामा पाल्पाले तीन स्वर्ण, दुइ रजत र १० काँस्य पदक जितेको थियो । पाल्पाबाट स्वर्ण पदक बिजेता बीरेन्द्र बुढा, यनिज गुरुङ, रजत पदक जित्ने उज्जल गहतराज र नारायण बुढा साथै काँस्य पदक जित्ने विद्यान राई, रोशनी श्रेष्ठ र बिक्री पुनलाई पनि सम्मान गरिएको थियो ।
त्यस्तै नेपाल अन्तर्राष्ट्रिय ते–क्वाण्डो महासंघको सहकार्यमा पाल्पा जिल्ला आइटिएफ ते–वाण्डो संघको आयोजनामा भएको प्रथम आइटिएफ पुरुष भर्चुअल सेल्फ डिफेन्स राष्ट्रिय ते–क्वाण्डो प्रतियोगितामा स्वर्ण पदक बिजेता खेलाडीलाई समेत पुरस्कार वितरण गरिएको थियो । विगतका वर्षहरुमा साउन महिनामा हुँदै आएको कार्यक्रम यसवर्ष भने कोोना महामारीका कारण ५ महिना पछिमात्र सम्पन्न भएको तेक्वाण्डो महासंघले जनाएको छ ।



2026-10-26-01-07-45.jpeg)



प्रतिकृया दिनुहोस