चन्द्रागिरि हिल्सको शेयरमा आवेदन गर्नेको सङ्ख्यामा नयाँ रेकर्ड कायम

काठमाडौँ । पछिल्ला दिनमा साधारण शेयरमा लगानी गर्नेको सङ्ख्या उल्लेख्यरूपमा बढेको पाइएको छ । वास्तविक क्षेत्रको रूपमा रहेको चन्द्रागिरि हिल्स लिमिटेडले जारी गरेको साधारण शेयरमा मात्रै मागभन्दा बढी आवेदन गर्नुका साथै आवेदनले पनि नयाँ रेकर्ड कायम राखेको बिक्री प्रबन्धकले जनाएको छ ।

अहिलेसम्मकै सबैभन्दा बढी आवेदन चन्द्रागिरि हिल्सको शेयरमा परेको छ । सो कम्पनीको साधारण शेयरमा १२ लाख ५१ हजार १० आवेदकले आवेदन गरेका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार साधारण शेयरमा कूल दुई करोड ४४ लाख ७४ हजार ५३० कित्ताको लागि आवेदन परेको छ ।

यस्तै कूल रु दुई अर्ब ४४ करोड ७४ लाख ५३ हजार बराबरको आवेदन परेको छ । कम्पनीले रु १५ करोड ३४ लाख ९ हजार १०० बराबरको कूल १५ लाख ३४ हजार ९१ कित्ता साधारण शेयर बिक्री गरेको थियो । पछिल्ला दिनमा लगातार शेयर बजार उकालो लागेर नयाँ उचाइ कायम गरेका कारण पनि लगानीकर्तामा आकर्षण देखिएको हो ।

साधारण शेयरमा लगानी गर्ने चाहना बढ्दै गएका कारण कूल १४ लाख ८० हजार ३५ जनाले मेरो शेयरको खाता खोलेका छन् । यस्तै २४ लाख २८ हजार ३३४ जनाले हितग्राही खाता खोलेका छन् । शेयर कारोवार तथा आवेदन सबै विद्युतीय प्रणालीबाट हुन थालेका कारण हितग्राही खाता बनाउनेको सङ्ख्यामा समेत उल्लेख्य वृद्धि भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर