वाग्मती । वाग्मती प्रदेश सरकारले प्रदेश सुशासन केन्द्रको निर्देशकमा दोलखाका विमल पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले चार वर्षे कार्यकालका लागि पोखरेललाई निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए ।
यसैगरी सोही मन्त्रिपरिषद बैठकले सामाजिक विकास मन्त्रालयमार्फत मदन भण्डारी फाउण्डेशनलाई रु ५० लाख दिने निर्णयसमेत गरेको छ । विविध सामाजिक काममा खर्च गर्ने गरी फाउण्डेशनलाई रकम दिने निर्णय गरेको हो ।
यस्तै सङ्घीय समपूरक तथा विषेश अनुदानतर्फका आयोजना र कार्यक्रमहरु प्रस्ताव गर्ने, वैकल्पिक ऊर्जा प्रणाली अनुदान परिचालन, दोलखाको जिलुको एकीकृत बस्तीका लागि रु दुई करोड ४० लाख दिने, प्रदेशका स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराउनेलगायतका निर्णय गरेको मन्त्री ढुङ्गेलले जानकारी दिए ।
कर्णाली । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत परेको छ । नेकपाको सरकार रहेको कर्णाली प्रदेशमा
काठमाडौं । मोरङबाट लागूऔषधसहित आइतबार चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–४ का २२ वर्षीय दशरथ भनिने छिरिङ राई,
झापा । झापाको कनकाई घाटमा विद्युतीय शवदाह गृह निर्माण गर्न पहल शुरुआत भएको छ । अव्यवस्थित दाहसंस्कारबाट वातावरणमा समेत असर पुगेको जनाउँदै कन्काई
प्रतिकृया दिनुहोस