काठमाडौं । नेपालमा बुधबार थप ४४५ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ४४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
गौतमका अनुसार काठमाडौंमा १७९, भक्तपुरमा १९ र ललितपुरमा ३९ जनामा समेत कोरोना देखिएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय ३७ पुगेको छ ।
थप ४१४ संक्रमित निको हँुदा हालसम्म नेपालमा २ लाख ५९ हजार ७७२ जना निको भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।
मन्त्रालयका अनुसार हाल चार हजार ४ सय ३४ जना आइशोलेशनमा छन् भने २३७ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १९ लाख ९७ हजार ९ वटा पिसिआर गरिएको छ ।
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शुक्रबार पार्टी
काठमाडौँ । नेपालले उच्च प्राथमिकता राखेको सीमा विवादको विषयले प्रवेश नै नपाइ नेपाल भारत संयुक्त आयोगको बैठक सकिएको छ । भारतले गत नोभेम्बरमा
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दुई देशबीच सम्बन्ध सुधारका लागि तीन दिने भारत भ्रमणमा छन् । भ्रमणका क्रममा नेपालको तर्फबाट सीमा विवादको
प्रतिकृया दिनुहोस